रवि लामिछानेसँग सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका साहको नाम महाधिवेशन प्रतिनिधिबाटै हटाइयो

रवि लामिछानेसँग सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका साहको नाम महाधिवेशन प्रतिनिधिबाटै हटाइयो
+
-
देशसञ्चार AI सारांश
  • भोलाकुमार साहले सभापतिमा उम्मेदवारी दिएपछि महाधिवेशन प्रतिनिधिबाट उनको नाम नियतवस हटाइएको गुनासो छ।
  • अन्तिम नामावलीमा नाम नपरेपछि साहले कानुनी उपचार खोज्ने बताउँदै, किन हटाइएको जवाफ खोजिरहेका छन्।
  • रास्वपाका प्रवक्ता मनिष झासँग सम्पर्क गर्ने प्रयास भए पनि उनले फोन नउठाएका कारण प्रतिक्रिया अाउन सकेन।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे सभापतिका लागि उम्मेदवारी घोषणा गरेका भाेलाकुमार साहको नाम महाधिवेशन प्रतिनिधिबाटै हटाइएको छ।

साह बारा क्षेत्र नम्बर ३ का सभापति हुन्। रास्वपाको सभापतिका लागि सामाजिका सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेपछि आफ्नाे नाम महाधिवेशन प्रतिनिधिबाट हटाइएको उनले गुनासो गरेका छन्।

पहिले महाधिवेशन प्रतिनिधिकारुपमा निकालिएको लिष्टमा उनको नाम रहेको थियो। सोमबार साँझ सार्वजनिक भएको अन्तिम नामावलीमा नाम नभएको भन्दै साहले कानुनी उपचार खोज्ने बताएका छन्।

‘पहिले महाधिवेशन प्रतिनिधिकारुपमा मेरो नाम थियो। अन्तिम नामावली सार्वजनिक भएकोमा मेरो नाम रातो लगाइएको छ’, उनले देशसञ्चारसँग भने।

सभापतिमा उम्मेदवारी घोषणा गरेपछि आफ्नो नाम नियतवस हटाइएको उनको गुनासो रहेको छ। उनले रवि लामिछाने पार्टीमा आवश्यक रहे पनि बर्खास्तमा परेका बाराका पूर्वसभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता कायम गर्नका लागि लामिछानेसँग प्रतिनिष्पर्धा गर्न उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ।

उनले आफ्नाे गुनासो माथिल्लो कुनै पनि नेतृत्व नसुनेको बताए। ‘किन नाम हटाइयो भन्नेबारेमा जवाफ माग्न फाेन गरिरहेको छु। तर कसैले मेरो फाेन उठाउनु भएको छैन’, उनले भने।

यस विषयमा जानकारी लिन देशसञ्चारले रास्वपाका प्रवक्ता मनिष झालाई सम्पर्क गरे पनि उनको फोन उठेन।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…