मधेस प्रदेशका निलम्बित सांसद शर्माको ४९ औँ पेशी पनि स्थगित

मधेस प्रदेशका निलम्बित सांसद शर्माको ४९ औँ पेशी पनि स्थगित
+
-
देशसञ्चार AI सारांश
  • उच्च अदालतमा निलम्बित सांसद अभिराम शर्माको मुद्दाको ४९ औं पेशी पनि स्थगित गरिएको छ।
  • शर्मासहित ७ आरोपीलाई महोत्तरी जिल्ला अदालतले जन्म कैदको सजाय सुनाएको थियो।
  • आजको पेशी निवेदकको कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ, यसअघि पनि धेरै पेशी स्थगित भएका थिए।

जनकपुरधाम- मधेस प्रदेशसभाका निलम्बित सांसद अभिराम शर्माको ४९ औं पेशी स्थगित भएको छ । न्यायाधीशद्वय कैलाशप्रसाद सुवेदी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलाशमा निलम्बित सांसद शर्मासहितका पेशी तोकिएकोमा शर्माको कानुन व्यवसायीको तर्फबाट पेशी स्थगित गरिएको हो ।

मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधेस प्रदेशसभा सदस्य शर्मासहित प्रदीप साह, संजयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, शंकर शाही भनिने राम शंकर शाही र सुरेश पाण्डेलाई जन्म कैदको सजाय सुनाएको थियो ।

२०८० मंसिर २८ गते न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलाशले सुनाएको फैसला विरुद्ध शर्माका बुवा महेन्द्र शर्माले २०८१ बैशाख ९ गते, मिश्रको हकमा उनको श्रीमती संगीता कुमारी शर्मा, पाण्डेको हकमा उनको छोरी प्रियंका पाण्डे र धमेन्द्र रायको हकमा उनको दाजु अरविवन्द कुमार रायले उच्च अदालतमा निवेदन दिएका थिए । तर अढाई वर्षको अवधिमा ४९ वटा पेशी तोकिएतापनि अधिकांश पेशी स्थगित भएको हो ।

उच्च अदालतको तथ्यांक अनुसार शर्माको मुद्दामा २८ वटा पेशी विभिन्न कारण देखाउँदै स्थगित गरिएको छ । यस्तै, ११ वटा पेशीमा विभिन्न आदेश आएको छ भने ६ वटा पेशी हेर्न नभ्याइनेमा परेको थियो । २ वटा पेशी हेर्दाहेर्दैमा परेको थियो भने २ वटा पेशीमा बकपत्र भएको थियो ।

आजको पेशी निवेदकको कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ भने यसअघि असार ३ गते हेर्न नभ्याइनेमा परेको थियो । जेठ २७ गतेको पेशीमा अर्को पेशी तोक्ने आदेश भएको थियो भने त्यसअघि जेठ २० गते लगाउको कारणबाट पेशी स्थगित भएको थियो । यस्तै, जेठ १३ गतेको पेशी पनि लगाउको कारणबाट स्थगित भएको थियो भने जेठ ६ गतेको पेशी निवेदकको कानुन व्यवसायीबाट स्थगित गरिएको थियो ।

निलम्बित सांसद शर्मालगायतको मुद्दा लगाउको कारणबाट, पुनरावेदकको कानुन व्यवसायी, प्रत्यर्थीको कानुन व्यवसायीबाट, निवेदकको कानुन व्यवसायीका कारण स्थगित हुँदै आएको छ । विभिन्न ७ वटा मुद्दा एकै साथ राखेर पेशी तोकिने गरेको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…