रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री यादवको पनि उम्मेदवारी

रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री यादवको पनि उम्मेदवारी
+
-

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘खुल्ला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। उनी इन्जिनियर हुन्।

भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी मद्रास बाट एम.टेक गरेका यादवले पार्टीभित्र प्राज्ञिक र युवा नेतृत्वको प्रतिनिधित्व गर्छन्।

उनले आफ्नो चुनावी प्रतिबद्धतामा नीतिगत स्पष्टता र सामाजिक रूपान्तरणलाई जोड दिएका छन्। ‘नयाँ सोच, सामाजिक समृद्धि, समानता र परिवर्तनको प्रतिबद्धता, मधेसको सम्मान, समावेशी पहिचान, राष्ट्र निर्माणमा हाम्रो योगदान’ भन्दै रास्वपाले समावेशी र लोकतान्त्रिक पद्धतिलाई महाधिवेशनमा अंगालेको छ।

यादवले आफ्नो उम्मेदवारीले मधेसी समुदायको सम्मान, पहिचान र राष्ट्र निर्माणमा युवा इन्जिनियरहरूको भूमिकालाई स्थापित गर्ने विश्वास गरेका छन्। उनले आफूलाई मतदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल समेत गरेका छन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…