काठमाडौँका ‘टोलटोलमा फिल्म’

काठमाडौँका ‘टोलटोलमा फिल्म’
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँ महानगरपालिकाले ‘टोलटोलमा फिल्म’ महोत्सव मार्फत समुदायस्तरमा चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्य राखेको छ।
  • महोत्सवको उद्देश्य कला र संस्कृति मार्फत मानिसलाई एक सूत्रमा बाँध्न सहयोग पुर्याउने रहेको व्यवस्थापकले बताइन्।
  • महोत्सव असार ५ देखि काठमाडौँको विभिन्न स्थानमा सुरु भई २६ गतेसम्म जारी रहनेछ।

मंगलबार असन बजारमा अचानक भीड लाग्यो। युवाहरु खुसी खुसी भेला भए। केही छिनमा पर्दामा फिल्म चल्यो। फिल्म हेरे । यसपाली उनीहरुले घर नजिकै टोलमा बसेर फिल्म हेरे। नि:शुल्क फिल्म हेरे आफ्ना-आफ्न्तसँग बसेर। आफ्नै सांस्कृतिक सम्पदा र सामुदायिक जीवनले भरिएको असनमा फिल्म हेर्न पाएपछि को खुसी नहोलान्। यो खुसी जुर्‍याइदिएको हो, काठमाडौँ महानगरपालिकाले।

चलचित्र अब हलमा मात्रै होइन टोलमा पनि हेर्न पाइन्छ। किनकि असार ५ देखि काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभल (केएफएफ) मार्फत ‘टोलटोलमा फिल्म’ महोत्सव गरिरहेको छ। त्यसैले सहर फिल्ममय भएको छ।

काठमाडौँको खुलामञ्च, असन, सुन्धारा परिसर, बागबजार, मैतीदेवी मन्दिर, खुला चौर, बालाजु बाइपास, लगनटोल र कीर्तिपुर महाविहारमा महोत्सव सुरु भएको छ।

आयोजकका अनुसार समुदायस्तरमा चलचित्र संस्कृतिको विकास, प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यसहित ल्याइएको यस कार्यक्रमले फिल्म क्षेत्रलाई समुदायसँग नजिक बनाउने छ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक तथा फिल्म छनोट एवं कार्यक्रम मूल्याङ्कन समितिका संयोजक आशामान संगतले चलचित्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नहेर्न आग्रह गरेका छन्। उनका अनुसार चलचित्र शिक्षा, सूचना, सन्देश र रचनात्मक उद्योगको महत्वपूर्ण माध्यमसमेत भएकाले यसलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न आवश्यक छ।

महानगरले उपलब्ध गराउने सर्त, मापदण्ड, स्थान र मितिअनुसार निःशुल्क चलचित्र प्रदर्शन गराएको हो।

महोत्सव चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल, नेपाल फिल्म एकेडेमी र युनेस्कोको सहकार्यमा भएको हो। मानिसलाई एक सूत्रमा बुन्ने सुन्दर माध्यम कला र संस्कृति भएकाले महोत्सव गर्न लागेको महोत्सवका व्यवस्थापक आयुषा श्रेष्ठले बताइन्।

उनले खुलामञ्चमा सुरु भएको महोत्सवले आम दर्शकलाई कलाप्रति आर्कषण गर्दै आएको जानकारी दिइन्। महोत्सव २६ गतेसम्म जारी रहनेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…