ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ८६ करोड, ७६ वर्ष पुगेकालाई मासिक १० हजार

ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ८६ करोड, ७६ वर्ष पुगेकालाई मासिक १० हजार
+
-
देशसञ्चार AI सारांश
  • ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ।
  • बजेटमा ३ अर्ब २५ करोड १८ लाख ५३ हजार चालु खर्च र ४ अर्ब २३ करोड ६९ लाख २७ हजार पुँजीगत खर्च विनियोजन गरिएको छ।
  • ७६ वर्ष पुगेकाहरुलाई मासिक १० हजार भक्ता दिने र निर्माणाधिन आयोजना सुनिश्चितता गरिएको छ।

ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले बुधबार चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याएकी हुन्।

बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरिएको छ । बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च हुने गरी चालु खर्चको व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले स्पष्ट पारिन्।

चालु आर्थिक वर्षमा २ अर्ब ९६ करोड ६४ लाख १८ हजार विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलव वृद्धि तथा प्रोत्साहनसँगै प्रशासनिक खर्च तर्फ बढेसँगै चालू खर्च पनि बढेको हो।

त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको छ ।

जुन चालु आर्थिक वर्षको भन्दा ६ प्रतिशतले कमी रहेको पनि उपमेयर बज्राचार्यले बताउनु भयो । वडास्तरीय कार्यक्रम र विषयगत क्षेत्रको कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको हो ।

ललितपुर महानगर पालिकाले ७६ वर्ष पुगेकाहरुलाई मासिक १० हजार रुपैयाँ भक्ता दिने घोषणा पनि गरेको छ।

बजेट कार्यान्वयनका लागि मासिक रुपमा सम्बन्धित निकायसँग रिर्पोटिङले व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले बताइन्।

त्यसैगरी बजेटमा निर्माणाधिन आयोजनाका लागि बजेटको सुनिश्चितता पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…