प्रधानन्यायाधीश शर्माबिरुद्धको रिट दरपिठ गर्ने आदेश संवैधानिक इजलासद्वारा सदर

प्रधानन्यायाधीश शर्माबिरुद्धको रिट दरपिठ गर्ने आदेश संवैधानिक इजलासद्वारा सदर
+
-

प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्ति विरुद्धको रिट दरपीठ गर्ने आदेशलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले सदर गरेको छ।

प्रधानन्यायाधीश शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासले रिटलाई दरपीठ गर्ने प्रशासनको आदेशलाई नै सदर गरेको हो।

प्रधानन्यायाधीश नियुक्तिको विषयमा पेश भएको रिटमा भएको दरपीठ आदेशविरूद्ध बुधबार संवैधानिक इजलासमा पेस भएकोमा दरपीठ आदेश सदर भएको सर्वाेच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई नियुक्त गर्न सिफरिस गरेपछि सर्वोच्चमा तीनवटा रिट पेस भएका थिए। तीनवटै रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो। दरपीठविरूद्ध पेस भएका निवेदनलाई सर्वोच्चको प्रशासनले प्रधानन्यायाधीश शर्माको नियुक्ति नहुँदासम्म रोकेको थियो।

जेठ ११ गते ती तीनै वटा निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेस भएका थिए। त्यसमध्ये अधिवक्ता गीता थापा समेतले दायर गरेको रिट दरपीठ विरुद्धको निवेदनलाई संवैधानिक इजलासमा पेस गर्न आदेश दिइएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…