रास्वपा महाधिवेशन: वाग्लेको प्रतिवेदनप्रति प्रतिनिधिहरूको असन्तुष्टि, फितलो व्यवस्थापनको आलोचना

रास्वपा महाधिवेशन: वाग्लेको प्रतिवेदनप्रति प्रतिनिधिहरूको असन्तुष्टि, फितलो व्यवस्थापनको आलोचना
+
-
देशसञ्चार AI सारांश
  • चितवनको महाधिवेशन प्रतिनिधिहरूले अर्थ–राजनीतिक प्रस्तावमाथि पर्याप्त छलफल नगराएको भन्दै नेतृत्वको आलोचना गरेका छन्।
  • संघीयता विरोधी देखिने प्रस्तावले मधेश, कर्णाली र सुदूरपश्चिमका नागरिकको हितविपरीत प्रश्न उठाएको तर्क जनाइएको छ।
  • व्यवस्थापनको कमजोरीले निर्वाचन प्रक्रिया प्रभावित भएको र सहभागीहरूलाई व्यक्तिगत रूपमा सास्ती भएको बताए।

चितवन- चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रस्तावप्रति महाधिवेशन प्रतिनिधिहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबार बन्दसत्रमा प्रस्तुत उक्त प्रस्तावमाथि प्रतिनिधिहरूबीच समूहगत छलफल समेत नगराइएको भन्दै उनीहरूले नेतृत्वको आलोचना गरेका हुन्।

महाधिवेशन प्रतिनिधि जनकराज जोशीले उक्त दस्तावेजमाथि पर्याप्त बहस नभएको र यसले देशको संघीय शासन प्रणालीमाथि नै प्रश्न उठाएको आरोप लगाए।

संघीयता विरोधीजस्तो देखिने यो प्रस्ताव मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको हितविपरीत रहेको र ती क्षेत्रका जनताले यसलाई स्वीकार गर्न नसक्ने उनको भनाइ थियो।

समयको सीमाका कारण छलफल नगरिएको भनिए पनि यस्तो संवेदनशील विषयमा बहस नहुनु दुःखद भएको जोशीले बताए।

महाधिवेशनमा वैचारिक प्रस्तावमाथिको विवाद मात्र होइन, कमजोर व्यवस्थापनका कारण निर्वाचन प्रक्रियासमेत प्रभावित भएको प्रतिनिधिहरूले बताएका छन्।

प्रतिनिधि धर्मराज ताम्राकारका अनुसार अपेक्षाभन्दा बढी संख्यामा प्रतिनिधिहरू सहभागी भएकाले कार्यतालिका प्रभावित भएको हो।

सोमबार नै हुनुपर्ने निर्वाचन प्रक्रिया मंगलबारसम्म पनि अघि बढ्न नसक्दा टाढा-टाढाबाट आएका प्रतिनिधिहरूलाई बस्न र व्यवस्थापन मिलाउन व्यक्तिगत रूपमा निकै सास्ती भएको उनले बताए।

अर्का प्रतिनिधि दयाराम अधिकारीले विगत चार-पाँच वर्षमा पार्टीको संगठनात्मक स्वरूप विशाल बने पनि महाधिवेशनको व्यवस्थापन सोही अनुरूप प्रभावकारी हुन नसकेको टिप्पणी गरे।

पदाधिकारी चयनमा आन्तरिक सहमतिको प्रयास भइरहेका कारण निर्वाचन प्रक्रिया लम्बिएको हुन सक्ने उनको अनुमान छ।

नेतृत्वले महाधिवेशन प्रतिनिधिहरूको समस्या बुझेर उचित व्यवस्थापन गर्न नसकेको अधिकारीले बताए।

महाधिवेशन प्रतिनिधि प्रेमा थारुले निर्धारित समयमा महाधिवेशन सम्पन्न हुन नसकेको र निर्वाचनका लागि प्रतिनिधि तथा उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक नगरिएको भन्दै व्यवस्थापकीय फितलोपन उजागर भएको बताइन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…