अ
+
अ
अ
-
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भद्रगोल व्यवस्थापनको सिकार भएको छ।
बुधबार राति साढे दस बजिसक्दा पनि मतदान सुरु गर्न नसकिएको एक रास्वपा नेताले जानकारी दिए।
उम्मेदवारको नामावली अन्तिम नहुँदा मतदानमा ढिलाइ भएको हो। विभिन्न क्षेत्रमा उम्मेदवारहरू भएकाले उनीहरूलाई छुट्याउने काम भइरहेको छ।
९९ सदस्यीय केन्द्रीय समितिका लागि ३ सय ८४ नेताहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
मतदानका लागि ८० वटा मेसिन तयारी अवस्थामा रहे पनि मतदान सुरु हुन अझै कतिबेर लाग्ने हो, टुंगो लाग्न सकेको छैन।
केन्द्रीय सदस्यको निर्वाचनपछि बल्ल अन्य पदाधिकारीहरूको निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ।
भर्खरै
लोकप्रिय
