उम्मेदवारी फिर्ता लिएर रविका विश्वास पात्र विपिनलाई छ जनाले समर्थन गरेपछि असन्तुष्ट बने कार्की

उम्मेदवारी फिर्ता लिएर रविका विश्वास पात्र विपिनलाई छ जनाले समर्थन गरेपछि असन्तुष्ट बने कार्की
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विश्वासपात्रलाई समर्थन गर्दै छ जनाले उम्मेदवारी फिर्ता लिएपछि कर्णेश कार्की असन्तुष्ट बनेका छन्।
  • कार्कीले समाजिक सञ्जालमा सभापतिको भनाइको खिल्ली उडाइएको भन्दै समर्थन गर्ने निर्णयलाई गलत ठहर गरेका छन्।
  • समर्थन गर्ने प्रक्रियालाई पार्टीको नीति र विधिलाई कमजोर पार्ने भन्दै नेतृत्वको जालझेलको रूपमा हेरिएको छ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे महामन्त्रीमा सभापति रवि लामिछानेका विश्वासपात्र विपिन आचार्यलाई समर्थन गर्दै छ जनाले उम्मेदवारी फिर्ता लिएपछि अर्का महामन्त्रीका उम्मेदवार गणेश कार्की असन्तुष्ट बनेका छन्।

पार्टीमा गुट नहुने गरी कसैलाई समर्थन गर्न नहुने सभापति लामिछानेको भनाइ भए पनि त्यसकाविरुद्धमा छ जनाले समर्थन गरेको विषयमा कार्की असन्तुष्ट बनेका हुन्।

एकले अर्कोलाई समर्थन गर्ने विषय सभापति लामिछानेकै भनाइलाई खिल्ली उडाउने विषय रहेको उनको भनाइ छ। ‘यही अधिवेशनमा सभापतिले उदघाटन गर्दै भन्नु भएको थियो, अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हैन’, कार्कीले फेसबुकमा लेखेका छन् ‘सभापतिको भनाइ सेलाउन नपाई उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको छ, त्यसले सभापतिको भनाइलाई खिल्ली उडाउँछ।’

प्यानलको झल्को दिने गरी समर्थन गरिएको भन्दै उनले यो गल्ती भएको बताएका छन्। ‘यसले हामीले खराब भनेको गठबन्धनको, प्यानलको झल्को दिन्छ। यो गलत भयो। यसो नगरौँ’, कार्कीले लेखेका छन्।

समर्थन गर्ने विषय नेतृत्वले जालझेल गर्ने र गुट बनाउने काम भएकोसमेत उनको भनाइ छ। ‘चुनाव आउँछ, जान्छ तर पार्टीको विधि, नीति र चरित्र अलिक लामो हुन्छ। त्यसलाई बलियो बनाउने काम नेतृत्वको हो । नेतृत्वले जालझेल गर्ने र गुट बनाउने काम गर्नु हुन्न’, उनले भनेका छन् ‘हाम्रा कारणले पसिना बगाउँदै, नभएका पैसा सक्दै बसेका प्रतिनिधिहरूको लोकतान्त्रिक चुनावमा भाग लिने अधिकार खोस्न हुन्न।’

कार्की रास्वपाका गलत कामको विरोध गर्नसक्ने एक सदस्यका रुपमा चिनिदै आएका छन्।

महामन्त्रीमा उम्मेदवारी दिएका कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, रञ्जु दर्शना, प्रमोद न्यौपाने, शिशिर खनाल र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिँदै विपिनलाई समर्थन गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…