कांग्रेसले भन्योः बालबालिकालाई पार्टी सदस्यता नदिनू

कांग्रेसले भन्योः बालबालिकालाई पार्टी सदस्यता नदिनू
+
-

काठमाडौँ – नेपाली कांग्रेसले बालबालिकाहरूलाई पार्टी सदस्यता नदिन आग्रह गरेको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बाल अधिकार उपसमितिले शुक्रबार सार्वजनिक अपील जारी गर्दै पार्टी सदस्य संख्या धेरै देखाउने होड गरेर बालबालिकालाई सदस्यता नदिन आग्रह गरेको हो।

उपसमितिले भनेको छ, ‘पार्टी सदस्य संख्या धेरै देखाउने अर्थहीन होड गरेर एकातर्फ बालबालिकाको बालापन खोस्ने, अर्कातर्फ कानुन र संविधानविपरीत कार्य गर्ने गलत प्रवृत्ति देशभर कहीँ पनि प्रस्तुत हुन नदिन नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका तर्फबाट पार्टीको सबै तहलाई सार्वजनिक रुपले आह्वान गरिन्छ।’

कांग्रेसले डिजिटल प्रणालीमार्फत सुरु गरेको नयाँ क्रियाशील सदस्यताका लागि १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र असार २० गतेसम्म अनलाइन आवेदन दिन सक्ने स्पष्ट पारेको छ। उमेरको यो प्रावधान पार्टीको वैधानिक दृष्टिकोण मात्र नभई मुलुकको कानुन र संविधानको मर्मअनुरूप भएको कांग्रेसको भनाइ छ।

नेपाल पक्ष राष्ट्र रहेको ‘संयुक्त राष्ट्र संघीय बाल अधिकारसम्बन्धी महासन्धि’ले पनि बालबालिकालाई दलीय स्वार्थबाट मुक्त राख्दै सुरक्षित शिक्षा र संरक्षणको अधिकार सुनिश्चित गरेको कांग्रेसले जनाएको छ।

‘यी कानुन र अभिसन्धिहरूको पालना एवं रक्षा गर्नु सत्ता र प्रतिपक्ष सबैको साझा दायित्व र साझा जिम्मेवारी हो। त्यस विपरीत कुनै पनि दलले बालबालिकालाई पार्टी सदस्य बनाउँदा देशभित्र सम्बन्धित दलको अनि अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल देशकै छविलाई गम्भीर असर पुग्छ भन्ने गहिरो हेक्का राख्न जरुरी छ,’ कांग्रेसले भनेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…