- पश्चिमी युरोपमा उष्ण लहरका कारण अनुमानित एक हजार बढी व्यक्तिको मृत्यु भएको छ।
- ८५ प्रतिशत मृतकहरू ६५ वर्ष या माथिका रहेको र सबैभन्दा बढी जोखिम क्षेत्र पेरिस वरपर देखियो।
- तथ्यांक प्रारम्भिक रहेकाले वास्तविक मृत्यु संख्या अझ बढी हुन सक्ने भनिएको छ।
पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा थप करिब एक हजार व्यक्तिको मृत्यु भएको छ।
“जुन २४ देखि अघिल्ला महिनाहरूमा रेकर्ड भएका मृत्युको तुलनामा अनुमानित आँकडा करिब एक हजार अतिरिक्त मृत्यु देखिएको छ,” पब्लिक हेल्थ फ्रान्सले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।
पब्लिक हेल्थ फ्रान्सले जोखिमको चेतावनी घोषणा गरिएका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको र यस गर्मीका कारण हुने कुल मृत्युमध्ये ८५ प्रतिशत ६५ वर्ष वा योभन्दा माथिका व्यक्तिहरू रहेको जनाएको छ।
स्वास्थ्य निकायका अनुसार विशेष गरी पेरिस र यसका उपनगरहरू समावेश इल–दे–फ्रान्स क्षेत्रमा सबैभन्दा बढी मृत्यु घरमा नै रहेका समय भएको हो।
“यो तथ्याङ्कले एक्लो जीवन बिताइरहेका वा गम्भीर एकान्तमा रहेका विशेष गरी अत्यधिक शहरी क्षेत्रहरूमा रहेका उनीहरूप्रति एकताको भावनाका साथ सहयोगी उपायहरू आवश्यक रहेको सम्झना गराउँछ,” विज्ञप्तिमा उल्लेख छ।
स्वास्थ्य क्षेत्रको यी आँकडाहरू प्रारम्भिक रहेको र वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने बताइएको छ।
फ्रान्सका धेरै क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको तातो दिनहरूपछि आइतबार भने फ्रान्सभर औसतमा केही कम गर्मी भएको छ।
भर्खरै
लोकप्रिय
