केही कमजोरी भए आत्मसमीक्षा गरौँला, देश बर्बाद पारेको भन्ने भाष्य गलत होः ओली

केही कमजोरी भए आत्मसमीक्षा गरौँला, देश बर्बाद पारेको भन्ने भाष्य गलत होः ओली
+
-

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनलाई प्रतिगामी षड्यन्त्र भएको टिप्पणी गरेका छन्।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले जेन–जी आन्दोलन नेपालको वामपन्थी र लोकतान्त्रिक आन्दोलनलाई लक्षित गर्दै रचिएको गम्भीर षड्यन्त्र भएको बताए।

उनले वैधानिक सरकारलाई अवैधानिक ढंगले भङ्ग गर्ने आन्दोलन कुनै पनि हालतमा लोकतान्त्रिक आन्दोलन हुन नसक्ने टिप्पणी गरे। जनता निराश हुने कुनै पनि कार्य आफूले नगरेको उनको भनाइ छ। उनले केही कमजोरीबारे आत्मसमीक्षा गरे पनि मुलुकलाई आफूले नै बर्बाद पारेको भन्ने भाष्य गलत भएको बताए।

उनले भने, ‘नेपालको वामपन्थी आन्दोलनलाई मुख्य रूपमा टार्गेट गरेर र वामपन्थी आन्दोलनलाई मात्रै होइन, लोकतान्त्रिक आन्दोलनलाई, देशभक्तिपूर्ण आन्दोलनलाई, लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ मा प्रतिगामी षडयन्त्र भयो। त्यस षडयन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्‍यो। यो लोकतन्त्र हुनै सक्दैन।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…