- बाजुरा र हुम्लाका स्थानीयबीच सीमा विवादको कारण हुम्लाका व्यक्तिविरुद्ध कुटपिटको आरोपमा ४ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ।
- जिल्ला प्रशासन कार्यालय हुम्लाले घटनाको आरोपितलाई पक्राउ पुर्जी जारी गरेपछि मुद्दा छानबिन प्रक्रिया अगाडि बढाइएको छ।
- आरोपीहरूमा बाजुराका नर गुरुङ, विनोद बुढा, दलबहादुर मल्ल र चीनबहादुर मल्ल रहेका छन्।
हुम्ला – बाजुरा र हुम्ला जिल्ल्लाका स्थानीयबीच लाम्पाटा च्याचौर र रानी खर्कको सिमा विवादलाई लिएर दुई जिल्लाको सिमाना कवाडीमा हुम्लाका स्थानीयमाथि कुटपिट र अभद्र ब्यवहार गर्ने ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला प्रहरी कार्यालयमा सो मुद्दा दर्ता भएलगत्तै जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबार घटनाका आरोपीलाई पक्राउ पुर्जी जारी गरेको हो ।
कवाडीमा गाडीमा यात्रा गरेर हुम्लातर्फ आइरहेका यात्रुलाई कुटपिट गर्ने बाजुरा जिल्लाका पाँच जना स्थानीयलाई जिल्ला प्रशासन कार्यालय हुम्लाले पक्राउ पुर्जी जारी गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार पक्राउ पुर्जी जिल्ला प्रहरी कार्यालय बाजुरामा पठाइएको छ। मुद्दा छानविन जिल्ला प्रशासन कार्यालयबाट हुने कानुनी ब्यवस्था छ।
अभद्र ब्यबहार मुद्दाका आरोपीमा बाजुरा जिल्ला बिमाली गाउँपालिका— ५ का वर्ष ४५ का नर गुरुङ, सोही वडाको वर्षे ३५ विनोद बुढा, वर्ष ३५ को दलबहादुर मल्ल, वर्ष ४५ को चीनबहादुर मल्ल छन्।
उनीहरूले जेठ ७ गते लाम्पाटा झपडलाई लिएर बाजुराको धुलाचौर बन्द गरेका बेला स्थानीय प्रशासनको प्रयासपछि बन्द खलाउने कार्य गरेकाले धुलाचौरमा रोकिएका गाडी सञ्चालनमा आएपछि दुई जिल्लाको सिमाना कवाडीमा कुटपिट तथा लखेट्ने, अपशब्द बोल्ने कार्य गरेको भन्दै घटनाबाट पीडित तीन जनाले प्रहरी कार्यालय हुम्लामा मुद्दा दर्ता गराएका थिए।
उक्त मुद्दामा १० हजार रुपैयाँसम्म जरिवाना एक वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी ब्यवस्था छ। त्यसैगरी, काठ कटानी र डाँफे मारेको आरोप लगाउँदै बाजुराकै अर्को दुई जनालाई पनि डिभिजन बन कार्यालय हुम्लामा मुद्दा दर्ता भएको र ती दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ।्
भर्खरै
लोकप्रिय
