केही नेताको भ्रष्ट आचरणकै आधारमा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न मिल्दैनः युवराज ज्ञवाली

केही नेताको भ्रष्ट आचरणकै आधारमा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न मिल्दैनः युवराज ज्ञवाली
+
-
देशसञ्चार AI सारांश
  • एमाले नेता युवराज ज्ञवालीले भ्रष्ट नेताका आधारमा माक्र्सवादलाई असान्दर्भिक ठहर गर्न नमिल्ने दाबी गरेका छन्।
  • नेताहरु बिग्रिए पनि सिद्धान्तको कमजोरी नभएको र व्यक्ति र सिद्धान्तलाई अलग हेर्नुपर्ने बताएका छन्।
  • ज्ञवालीका अनुसार कम्युनिष्ट आन्दोलन, माक्र्सवाद र वैज्ञानिक समाजवाद अझै सान्दर्भिक रहेका छन्।

काठमाडौँ – एमाले नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा माक्र्सवाद वा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने दाबी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा व्यक्ति र सिद्धान्तलाई अलग–अलग रूपमा हेर्नुपर्ने बताएका हुन्।

उनले सरकारमा पुगेपछि नेता बिग्रिनु सिद्धान्तको कमजोरी नभई व्यक्तिको दोष भएको उल्लेख गरे। नेताको भ्रष्ट व्यवहारकै आधारमा कम्युनिष्ट आन्दोलनको औचित्य सकियो भन्ने भ्रममा नबस्न समेत आग्रह गरे।

‘सरकारमा पुगेर नेता बिग्रिए सिद्धान्तको दोष हो र ? मान्छे बिग्रने, नेता बिग्रने, भ्रष्टाचार गर्ने अनि माक्र्सवादलाई दोष दिने ? नेता बिग्रिने तर कम्युनिष्ट आन्दोलन नै खतम भयो भनेर जुन पूँजीवादीहरुले हल्ला मच्चाइरहेका थिए, त्यस्तो हल्लामा हामी नलागौँ, ज्ञवालीले अगाडि भने, ‘अवश्य पनि हामी बिग्रिएका छौँ । को को बिग्रिए पछि थाहा हुँदै जान्छ । नेताहरुको दोष छन्, मेरा पनि होलान् तर कम्युनिष्ट पार्टी असान्दर्भिक भइसकेको होइन । माक्र्सवाद असान्दर्भिक भइसकेको होइन । जनतको बुहदलीय जनवाद असान्दर्भिक भइसकेको होइन । र वैज्ञानिक समाजवाद असान्दर्भिक भइसकेको होइन।’

ज्ञवालीले कम्युनिष्ट आन्दोलन, माक्र्सवाद, जनताको बहुदलीय जनवाद तथा वैज्ञानिक समाजवाद अझै पनि सान्दर्भिक रहेको दाबी गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…