काठमाडौँ- त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत अध्ययनरत एमबीबीएस तथा बीडीएस विद्यार्थीहरूले विभिन्न शैक्षिक सुधारका माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले हाल लागू रहेको १९ वर्ष पुरानो पाठ्यक्रम तथा परीक्षा प्रणाली विद्यार्थीमैत्री नरहेको भन्दै तत्काल संशोधन गर्न माग गरेका छन्।
उनीहरूले शैक्षिक गुणस्तर कायम राख्दै परीक्षा प्रणालीलाई समयसापेक्ष र व्यावहारिक बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले निम्न ६ बुँदे माग सार्वजनिक गरेका छन्:
१. १९ वर्ष पुरानो पाठ्यक्रम र परीक्षा प्रणाली तत्काल परिवर्तन गरियोस्।
२. ब्याच ड्रप (Batch Drop) प्रणाली खारेज गरियोस्।
३. परीक्षामा Objective र Subjective दुवै प्रकारका प्रश्न समावेश गरियोस्।
४. परीक्षाको तालिका व्यावहारिक बनाई विद्यार्थीलाई पर्याप्त तयारीको समय सुनिश्चित गरियोस्।
५. परीक्षा दिने Attempts को संख्या वृद्धि गरियोस् (प्रथम वर्ष: ८ पटक, दोस्रो वर्ष: ६ पटक)।
६. विद्यार्थीको मानसिक स्वास्थ्य, समय र भविष्यको सुरक्षा सुनिश्चित गरियोस्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले आफ्ना मागहरू सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन्।
तस्बिरहरू:

भर्खरै
लोकप्रिय
