सिंहदरबार जलाउँछु भन्नेदेखि प्रहरी र ठेकेदारलाई धम्की दिने सत्तामा, उठिबास नबनाऊ भन्ने हिरासतमा

सिंहदरबार जलाउँछु भन्नेदेखि  प्रहरी र ठेकेदारलाई धम्की दिने सत्तामा, उठिबास नबनाऊ भन्ने हिरासतमा
+
-
देशसञ्चार AI सारांश
  • सुकुम्वासी डम्बर तामाङको खुकुरी हान्न तयार छु भन्ने अभिव्यक्तिपछि सरकारले हिरासतमा लिएको छ।
  • प्रधानमन्त्री शाह र अन्य नेताहरूले यसअघि गम्भीर धम्की दिएका भए पनि कारबाहीको निशानामा परेनन्।
  • विस्थापित सुकुम्वासीहरूको व्यवस्थापन गर्न नसकेपछि सरकारप्रति आक्रोश व्यक्त गर्दै प्रदर्शन र विरोध जारी छ।

काठमाडौँ- ‘दमन गर्न आए खुकुरी हान्छु। म सिंहदरबारभित्र पनि छिर्न तयार छु’, होल्डिङ सेन्टरबाट पक्राउ परेका सुकुम्वासी डम्बर तामाङले मिडियामा बोलेको यही हो।

यही बोलीकै आधारमा सरकारले पक्राउ गरेर उनलाई हिरासतमा राखेको छ। थापाथली सुकुम्वासीबाट उठिबास बनाइएका उनी कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थिए। यहाँ बस्न थालेको दुई महिना बढी भइसक्यो।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आदेशपछि वैशाख १२ गते थापाथलीमा सेनासमेत खटाएर डोजर चलाइएको थियो। त्यसपछि अन्य सुकुम्वासीजस्तै तामाङ पनि दुई जना छोराछोरी र श्रीमतीसहित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थिए।

१५ दिनमा विस्थापित सुकुम्वासीलाई व्यवस्थापन गरिसक्ने भनेको सरकारले दुई महिनाभन्दा बढी भइसक्दा पनि व्यवस्थापन गरेको छैन।

उल्टै तीन महिनाका लागि मासिक १५ हजार खर्च दिएर होल्डिङ सेन्टरबाटसमेत लखेट्न लागेपछि सुकुम्वासीहरू सरकारप्रति आक्रोशित भएका छन्।

असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न सरकारको उर्दीसँगै तामाङसहितका सुकुम्वासीहरूले असार १४ गते माइतीघरमण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका थिए। प्रदर्शनकाक्रममा मिडियासँग तामाङले पहिले व्यवस्थापन हुनुपर्ने र अनिमात्र उठिबास बनाउनुपर्ने माग गरेका थिए।

यदि कुनै व्यवस्थापनविना होल्डिङ सेन्टरमा उठाउन आएमा खुकुरीले हान्ने र सिंहदबारसमेत छिर्ने अभिव्यक्ति उनले दिएका थिए। यही अभिव्यक्तिलाई लिएर सरकारले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा होल्डिङ सेन्टरबाट पक्राउ गरी हिरासतमा राखेको छ।

तर हाल सरकारको नेतृत्व गरेका प्रधानमन्त्री शाहले कुनैबेला योभन्दा गम्भीर अभिव्यक्ति दिएर पनि पक्राउ पर्नबाट बचेका व्यक्ति हुन्। काठमाडौँ महानगरको मेयरमा आसिन रहेको समयमा १७ भदौ २०८० मा उनले फेसबुकमा लेख्दै ‘सिंहदरबार जलाइदिने’ धम्की दिएका थिए।

सिंहदबार जलाइदिने धम्की दिनुको कारण तत्कालीन सरकारले अहिलेको जस्तो सुकुम्वासीलाई अमानवीय व्यवहार गरेको अवस्थाको थिएन। शनिबार बिदाका दिन शाहकी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले जाँचका लागि केही बेर रोकेर छाडेको थियो। त्यसकै आक्रोशमा महानगरजस्तो महत्त्वपूर्ण पदमा बसेका शाहले लेखेका थिए ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

यद्यपि, उनले त्यो अभिव्यक्ति दिएको ठ्याक्कै दुई वर्षपछि २४ भदौ २०८२ मा सिंहदबार जल्यो। बालेनमात्र होइन, देश चलाउने उनकामन्त्रीलेहरूसमेत नागरिकलाई धम्की दिँदै आइरहेका छन्।

जेठ ३१ गते पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले समयमै काम नगर्ने मन्त्रीको खुट्टा भाँचिदिन निर्देशन दिएका थिए। नागढुंगा-मुग्लिन सडक खण्डको निरीक्षण गर्दै लम्सालले भनेका थिए, ‘यो जुन पोलवाला छन्। बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ? यो धर्तीमा कहाँ छ? त्यसलाई खोजेर यहाँ लिएर आउनू। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन।’

खुट्टा भाँच्न निर्देशन दिनेमन्त्रीलाई प्रधानमन्त्री शाहले बर्खास्त गर्नुको त परको कुरा स्पष्टीकरणसमेत सोध्न आँट गरेनन्।

असार ४ गते संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले उक्त अभिव्यक्ति सच्याएकासमेत थिए। ‘ठेकेदार थर्काएको भन्ने कुरा गर्नुभयो, मेरो इन्टेन्सन त्यो होइन, इन्टेन्सन काम गरोस् भन्ने हो। नितान्त काम गरोस् भन्ने हो’, उनले भनेका थिए।

देश बनाउने टिमबाटै ठेकेदारको खुट्टा भाँच्ने धम्की आउनु निन्दनीयः दुलाल

तर वर्षौँदेखि बस्दै आएको घरबाट डोजर लगाएर उठिबास बनाइएका सुकुम्वसी तामाङले ‘खुकुरी हान्छु’ भन्ने अभिव्यक्ति दिँदा सरकारले पक्राउ गरेको छ।

वैशाख १० गते रास्वपाकै सांसद् खगेन्द्र सुनारले सुन्धुली पुगेर प्रहरीलाई घिसार्ने धम्की दिए। प्रहरी हिरासतमा बितेका श्रीकृष्ण बिकको न्यायका लागि सिन्धुली पुगेका उनले पत्रकारसँग भनेका थिए- ‘कानुनले काम गर्छ। गरेन भने यो एसपीलाई घिसारेर लिएर जान्छु म।’

राज्यको सिंगो प्रहरी अधिकारीलाई घिसार्ने अभिव्यक्ति दिँदा पनि रास्वपाले सांसद सुनारमाथि कुनै कदम चाल्न सकेन। अहिले उनी प्रधानमन्त्री शाहको ‘नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको छ’, पूर्वाधारमन्त्री लम्सालको ‘ठेकेदारको खुट्टा भाँचिदिनू’, जस्ता अभिव्यक्तिको बचाउका लागि पहरेदार देखिएका छन्।

उनै सांसद सुनार सांसद् हुनुपूर्व शिक्षकलाई उल्टो पारेर पैतलामा ठोक्कुपर्नेसम्को धम्की दिएका थिए। त्यतिबेला उनी सामाजिक अभियान्ता थिए। तर उनलाई त्यसबेला पनि सरकारले पक्राउ नगरी अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरिदिएको थियो।

देश जलाउने धम्की दिनेदेखि ठेकेदार, प्रहरीसम्मलाई धम्की दिने मन्त्री सांसद्ले छुट पाएको देशमा आधारभूत आवश्यक्ता गास, बास, कपासको माग गर्दै उत्तेजक अभिव्यक्ति दिएका एक सुकुम्वासीमाथि भने सरकार निर्मम देखिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…