रास्वपाको महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पहिलो बैठकमा के भयो?

रास्वपाको महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पहिलो बैठकमा के भयो?
+
-

काठमाडौं-  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बुधबार बसेको छ।

बैठकले सभापति रवि लामिछानेले मनोनीत गर्ने पदाधिकारीहरूको बारेमा भने कुनै छलफल गरेको छैन।

पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणपछि पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको महामन्त्री विपिन आचार्यले जानकारी दिए।

बैठकले पार्टी विधानको व्यवस्थाअनुसार लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गठन गरेको छ।

लेखा र निर्वाचन आयोगमा यसअघिकै पदाधिकारीलाई फेरि जिम्मेवारी दिइएको छ ।

चितवन महाधिवेशनबाट ९९ जना निर्वाचित भएका थिए भने सभापति लामिछानेले ११ पदाधिकारीसहित ५१ जना मनोनीत गर्नेछन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…