मोरङमा ५८ वटा सवारीका कालो स्टिकर हटाइयो

मोरङमा ५८ वटा सवारीका कालो स्टिकर हटाइयो
+
-
देशसञ्चार AI सारांश
  • विराटनगरस्थित जिल्ला ट्राफिक कार्यालय मोरङले गाडीको सिसामा लगाइएको कालो स्टिकर हटाउन विभिन्न स्थानमा चेक गरिरहेको छ।

  • दुई दिनमा चेक गर्दा ५८ गाडीको कालो स्टिकर हटाइएको र अहिलेसम्म आर्थिक जरिवाना नभएको बताइएको छ।

  • ट्राफिक प्रहरीले चेतना अभिवृद्धि गर्दै गाडीधनीलाई स्टिकर हटाउन अनुरोध गरेको र कारबाहीको तयारी गरिरहेको छ।

मोरङ – मोरङमा निजी, सार्वजनिक तथा अन्य सवारीमा लगाइएका कालो सिसाको स्टिकर हटाउन थालिएको छ।

विराटनगरस्थित जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार गाडीको सिसामा लगाइएको कालो स्टिकर पूर्णरुपमा हटाउन बुधबार र मंगलबार मोरङका विभिन्न स्थानमा ४ सयभन्दा बढी सवारी साधनमा चेक गरिएको छ।

कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक सञ्जय यादवले दुई दिनयता गरिएको चेकका क्रममा ५८ वटा कार जिप तथा सवारीको सिसामा लगाइएको कालोस्टिकर हटाइएको बताए।

पहिलो चरणमा चेक गर्दै हटाउन भनिएको बताएका यादवले अहिले नै आर्थिक जरिवाना गरिहालेको अवस्था नरहेको उल्लेख गरे।

उनले भने, ‘हिजो र आज चारसय बढि सवारी साधनमा चेक गरेका छौ।जसमा ५८ वटा गाडीमा रहेको कालो सिसा हटाएकाछौ। अहिले चेक गरेको स्थानमै कालो सिसा हटाउने गरे पनि आर्थिक जरिवाना गरेकाछैनौं। गाडीको डिटेल राखेर अर्कोपटक फेरि चेक हुँदा कारबाही गर्नेछौ।’

अहिले जानकारी र सचेतनात्मक रुपमा सवारीधनीलाई जानकारी दिँदै काम गरिरहेको प्रहरी वरिष्ठ नायब निरीक्षक यादवको भनाई छ। त्यसैगरी, बुधबार विराटनगरको रानीस्थित ट्राफिक प्रहरी पोष्टले विराटनगर १० स्थित तत्कालीन कोभिड अस्पताल नजिक करिब ३५ वटा सवारी चेक गरेको जनाएको छ।

यसक्रममा १४ वटा सवारीले कालो सिसा लगाएको भेटिएको बताउँदै पोष्टका प्रहरी नायब निरीक्षक प्रविन खड्काले सवारीको कालो स्टिकर हटाइएको जानकारी दिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दक्षिणतर्फको सडकमा ट्राफिक प्रहरीले चेकजाँच गरेको थियो। जसमा ३ वटा गाडी भारतीय नम्बर प्लेटको समेत थियो। ट्राफिक प्रहरी नायब निरिक्षक खड्काले भारतीय सवारीधनीलाई समेत सम्झाएर हटाउन लगाएको बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…