धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएका चित्रले सजिँदै छन् बालकुमारीको सडकका भित्ता (तस्बिरसहित)

धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएका चित्रले सजिँदै छन् बालकुमारीको सडकका भित्ता (तस्बिरसहित)
+
-

काठमाडौँ- नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पाल्पासा आर्ट ग्यालरीले बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण गरेको छ।

उक्त चित्रमार्फत नेपालका विविध धार्मिक आस्था, सांस्कृतिक परम्परा, मौलिक जीवनशैली तथा सामाजिक सहअस्तित्वलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको छ।

चित्रले नेपाली समाजको सांस्कृतिक विविधता र धार्मिक सहिष्णुतालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै आफ्नो मौलिक पहिचान संरक्षणको सन्देश प्रवाह गरेको देखिन्छ। पछिल्लो समय तीव्र शहरीकरण र आधुनिकीकरणका कारण ओझेलमा पर्दै गएका सांस्कृतिक मूल्य र परम्परालाई दृश्यकलामार्फत स्मरण गराउने प्रयासस्वरूप यो सिर्जना गरिएको हो।

सार्वजनिक स्थलमा निर्माण गरिएको उक्त कलाकृतिले स्थानीयवासी तथा सर्वसाधारणको ध्यान आकर्षित गर्नुका साथै नेपाली कला, संस्कृति र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा दृश्यकलाको प्रभावकारी भूमिकालाई उजागर गरेको छ।
तस्बिरहरू:

तस्बिर: ट्रिनिटी पौडेल/ नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…