प्रविधिमैत्री शिक्षा आजको आवश्यकता : मन्त्री तिमिल्सिना

प्रविधिमैत्री शिक्षा आजको आवश्यकता : मन्त्री तिमिल्सिना
+
-
देशसञ्चार AI सारांश
  • लुम्बिनी प्राविधिक विश्वविद्यालयको वार्षिकोत्सवमा मन्त्री तिमिल्सिनाले शिक्षा प्रणालीलाई प्रविधिमैत्री र व्यवहारिक सीपमा आधारित बनाउनुपर्नेमा जोड दिए।
  • उनले लुम्बिनी विश्वविद्यालयले कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीका लागि पनि महत्वपूर्ण शैक्षिक केन्द्र बन्ने कुरा बताए।
  • मन्त्री तिमिल्सिनाले विदेश पढ्न जाने बाध्यता घट्दै, विश्वविद्यालयले स्वदेशमै अवसर सिर्जनामा योगदान गरिरहेको धारणा राखे।

दाङ – लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सहकुलपति माननीय जन्मजय तिमिल्सिनाले शिक्षा प्रणालीलाई प्रविधिमैत्री र व्यवहारिक सीपमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले समयअनुसार शिक्षा प्रणालीलाई आधुनिकीकरण गर्दै प्रविधिसँग गहिरो रूपमा जोड्नुपर्ने आवश्यकता रहेको बताए। उनले प्राविधिक शिक्षा नै आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सिर्जनाको प्रमुख आधार भएको उल्लेख गरे।

मन्त्री तिमिल्सिनाले विश्वविद्यालय लुम्बिनी प्रदेशका मात्र नभई कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीका लागि समेत महत्वपूर्ण शैक्षिक केन्द्रका रूपमा विकास हुँदै गएको बताए।

उनका अनुसार गुणस्तरीय प्राविधिक शिक्षा र व्यवहारिक सीप विकासमार्फत युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्यमा विश्वविद्यालयले उल्लेखनीय योगदान दिइरहेको छ।

उनले प्रविधिको सही प्रयोगले विद्यार्थीको ज्ञान, सीप र क्षमता वृद्धि भई देशभित्रै रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै प्राविधिक अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः घट्दै गएको उल्लेख गर्दै लुम्बिनी प्राविधिक विश्वविद्यालय प्राविधिक शिक्षाको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको धारणा राखे।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका माननीयहरू, शिक्षाविद्, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आधुनिक प्रविधिसँग जोडिएको शिक्षाले राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

विश्वविद्यालयले सूचना प्रविधि, इन्जिनियरिङ तथा अन्य प्राविधिक विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…