५८ जना नियमित डायलाइसिस गराउँदै, ५० पालो कुर्दै

५८ जना नियमित डायलाइसिस गराउँदै, ५० पालो कुर्दै
+
-
देशसञ्चार AI सारांश
  • लमही सामुदायिक डायलाइसिस सेन्टरमा ५० भन्दा बढी नयाँ बिरामीले पालो नपाउँदा उपचारमा गम्भीर समस्या देखिएको छ ।
  • बिरामीको संख्या बढ्दै गएपछि उनीहरूको स्वास्थ्य अवस्था जटिल बन्ने जोखिम र मानसिक, आर्थिक भार बढेको छ ।
  • जनशक्ति र उपकरणको कमीले गर्दा विभिन्न जिल्लाबाट आएका बिरामीलाई नियमित सेवा दिन सकिएको छैन ।

दाङ- दाङको लमही सामुदायिक डायलाइसिस सेन्टरमा मृगौलाको डायलाइसिस गराउने नयाँ बिरामीले पालो नपाउँदा उपचारमा गम्भीर समस्या देखिएको छ ।

नियमित सेवा लिइरहेका बिरामीबाहेक ५० भन्दा बढी नयाँ बिरामी डायलाइसिसको पालो कुरेर बस्न बाध्य भएको सेन्टरका प्रमुख सुशील पाण्डेले जानकारी दिए ।

मृगौला फेल भएका बिरामीको संख्या निरन्तर बढ्दै गएपछि नयाँ बिरामीलाई तत्काल सेवा दिन नसकिएको हो । नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीले समयमै सेवा नपाउँदा उनीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्ने जोखिम बढेको छ । यसले बिरामीसँगै उनीहरूका परिवारलाई पनि ठूलो मानसिक र आर्थिक भार परेको छ ।

हाल लमही सामुदायिक डायलाइसिस सेन्टरबाट ५८ जना बिरामीले नियमित रूपमा डायलाइसिस सेवा लिइरहेका छन् । उपलब्ध जनशक्ति र उपकरणको अधिकतम उपयोग गरिए पनि बढ्दो बिरामीको चापका कारण नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको प्रमुख पाण्डेले बताए ।

उनका अनुसार दाङ मात्र नभई कपिलवस्तु, प्युठान, रोल्पा, रुकुम, सल्यान र कञ्चनपुरलगायत विभिन्न जिल्लाबाट समेत बिरामी उपचारका लागि लमही आउने गरेका छन् । सेवा क्षेत्र फराकिलो हुँदै गए पनि आवश्यक पूर्वाधार विस्तार हुन नसक्दा समस्या झन् बढ्दै गएको छ ।

पर्याप्त भवन र उपकरणको व्यवस्था गर्न सके सेवाको दायरा विस्तार गरी पालाे कुरिरहेका बिरामीलाई समेत नियमित सेवा दिन सकिने सेन्टरको भनाइ छ । स्थानीयवासी तथा बिरामीका आफन्तले बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै सरकारले थप डायलाइसिस मेसिन, दक्ष जनशक्ति र पूर्वाधार विस्तारमा तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…