सशस्त्र प्रहरीद्वारा चिनियाँ भाषा तालिम सञ्चालन

सशस्त्र प्रहरीद्वारा चिनियाँ भाषा तालिम सञ्चालन
+
-

हुम्ला – सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोट हुम्लाले सशस्त्र प्रहरी र स्थानीय युवाका लागि दोभाषे उत्पादन गर्न चिनियाँ तथा तिब्बती भाषाको तालिम दिन थालेको छ।

हुम्ला जिल्ला चीनसँग सीमा जोडिएका कारण उक्त भाषाको आधारभूत तालिम प्रदान गरिँदा सीमा क्षेत्रमा केही रूपमा भए पनि भाषागत समस्या समाधानमा सहयोग गर्न सशस्त्र प्रहरीले तालिमको व्यवस्था गरेको हो।

सीमा क्षेत्र हिल्सामा भाषागत समस्या भइरहेका कारण थोरै भए पनि उक्त समस्या समाधान गर्न चिनियाँ तथा तिब्बती भाषाको आधारभुत तालिम स्थानीय युवा र सशस्त्र प्रहरी जवानदेखि जुनियर अधिकृतलाई दोभाषे उत्पादन गर्न तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले उक्त तालिमले.सीमा सुरक्षाका लागि समन्वय र सहकार्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसका लागि सात जना सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी हिल्साका जनशक्ति, पाँच जना स्थानीय युवा र २३ जना गुल्मका जनशक्तिको सहभागिता रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…