जातीय विभेद तथा छुवाछुतविरुद्ध सहभोज

जातीय विभेद तथा छुवाछुतविरुद्ध सहभोज
+
-
देशसञ्चार AI सारांश
  • छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले संवाद र सहभोज कार्यक्रम आयोजना गरेको छ।
  • नगर प्रमुखले जातीय विभेद कानुनमा मात्र सीमित नराख्न व्यवहारमै अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
  • दलित अधिकारकर्मीले सामाजिक समानता र मानवता प्रवर्द्धनका लागि यस्ता कार्यक्रम गाउँगाउँमा पुर्‍याउन सुझाव दिए।

मुगु – छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यले अन्तरसंवाद तथा सहभोज कार्यक्रम आयोजना गरेको छ। नगरपालिकाको दलित हेल्प डेस्कद्वारा शुक्रबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, सुरक्षाकर्मी, दलित सञ्जालका प्रतिनिधि, पत्रकार, कर्मचारी तथा सर्वसाधारण सहभागी थिए।

कार्यक्रममा सहभागीहरू एउटै स्थानमा बसेर भोजन गर्दै सामाजिक समानता, एकता र भाइचाराको सन्देश प्रवाह गरेका थिए।

कार्यक्रममा  नगर प्रमुख विष्णुकुमार भामले जातीय विभेद सामाजिक अपराध भएको उल्लेख गर्दै यसलाई कानुनमा मात्र सीमित नराखी व्यवहारमै अन्त्य गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले बाहिरबाट छुवाछुत नगरेको जस्तो देखिए पनि व्यवहारमा अझै विभेद कायम रहेको भन्दै जातीय आधारमा छुवाछुत गरेको पाइए कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिए।

नगर प्रमुख भामले दुर्गम क्षेत्रका दलित समुदायका समस्या समाधान तथा परम्परागत पेशाको संरक्षण–प्रवर्द्धनका लागि देशका ७५३ स्थानीय तहमध्ये पहिलोपटक छायाँनाथ रारा नगरपालिकाले दलित नीति तथा कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए।

दलित अधिकारकर्मी बलराम शाहनी ले जातीय विभेद अन्त्यका लागि व्यवहारिक अभ्यास आवश्यक रहेको बताउँदै सामाजिक समानता र मानवतामा आधारित समाज निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने धारणा राखे।

उनले आगामी दिनमा यस्ता कार्यक्रम सदरमुकाममा मात्र सीमित नराखी ग्रामीण बस्ती तथा धामी–झाँक्रीसम्म पुर्यामउन सके अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले जातमा होइन मानवतामा विश्वास गर्नुपर्ने, व्यक्तिलाई क्षमताका आधारमा सम्मान गर्नुपर्ने र व्यवहारबाटै छुवाछुत अन्त्य नगरेसम्म यसको वास्तविक अर्थ नहुने बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…