२० वर्षपछि राजा वीरेन्द्रको शालिक पुनःस्थापना, तोडिएका सबै शालिक राखियो

२० वर्षपछि राजा वीरेन्द्रको शालिक पुनःस्थापना, तोडिएका सबै शालिक राखियो
+
-
देशसञ्चार AI सारांश
  • राजा वीरेन्द्रको शालिकलाई २०६२-६३ को आन्दोलनपछि पुनः एक पटक आफ्नो स्थानमा पुनस्थापना गरिएको छ।
  • पहिलो जनआन्दोलनमा तोडफोड भएका अन्य ऐतिहासिक शालिकहरु नेपालगन्ज उपमहानगरपालिकाले पुनःस्थापित गरेको छ।
  • राजसंस्थाप्रति आस्था राख्ने दलका नेताहरु राति नै शालिकको पुनःस्थापनामा सम्लग्न भएका थिए।

नेपालगन्ज – नेपालगन्जमा २० वर्षपछि राजा वीरेन्द्रकाे शालिक राखिएकाे छ ।

२०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ ।

धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे ।

जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे छ ।

राजाकाे शालिक राख्ने भएपछि राजसंस्थाप्रति आस्था राख्ने दलका नेताहरु राती वीरेन्द्रचाेक पुगेका थिए ।

राप्रपाका नेता एवं राजाकाे शालिक राख्न निरन्तर दबाब दिइरहेका ऋषिराज देवकाेटाले २० वर्षपछि राजाकाे शालिक पुनस्थापना हुँदा धेरै खुसी लागेकाे बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले जेनजी विद्राेहकाे बेलामा ताेडफाेड गरिएका नेता तथा शहिदकाे शालिक पुनः राख्ने क्रममा राजाकाे पनि राखेकाे हाे ।

नेपालगन्जका चाेक-चाेकमा रहेका शालिकहरु सबैजसाे राखिएकाे छ । जेनजी विद्राेहमा वीपी, पुष्पलाल, गणेशमान, सहिद सेतु विककाे शालिक ताेडफाेड गरिएकाे थियाे । ती सबै पुनस्थापना गरिएकाे छ ।

दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरिएकाे राजाकाे त्रिभुवनकाे शालिक यसअघि नै राखिएकाे छ ।

आधा कदकाे उक्त शालिक त्यतिबेला कामचलाउका रुपमा राखिएकाले अब त्यहाँ पनि अर्काे शालिक राख्न राजावादीले दबाब दिएका छन् ।

लामाे समयदेखि रहेकाे र विभिन्न आन्दोलनका क्रममा ताेडफाेड भएका सबै ऐतिहासिक शालिक राखिएकाे मेयर प्रशान्त विष्टले बताए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…