नेपाल ‘ग्रे लिस्ट’बाट ‘ब्ल्याक लिस्ट’मा झर्ने जोखिममा छः अर्थमन्त्री वाग्ले

नेपाल ‘ग्रे लिस्ट’बाट ‘ब्ल्याक लिस्ट’मा झर्ने जोखिममा छः अर्थमन्त्री वाग्ले
+
-

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा रहेको बताएका छन्।

राष्ट्रिय सभामा शनिबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले तत्काल आवश्यक सुधार गर्नु आवश्यक रहेको बताएका हुन्।

२०८१ फागुनदेखि नेपाल ग्रे लिस्टमा रहेको उल्लेख गर्दै उनले तदारुकताको साथ आवश्यक सुधार र सुशासनका कामलाई तिव्रता दिन नसके मुलुक ब्ल्याक लिस्टमा पुग्न सक्ने बताए।

उनले ब्ल्याक लिस्टमा परेमा नेपाल सोमालिया, हाइटीजस्तो मुलुकको दर्जामा पुग्ने बताए। उनले नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोले यो विधेयक ल्याइएको बताए।

उनले कानुनको प्रभावकारी कार्यन्वयन गर्न नसक्दा मुलुक ग्रे लिस्टमा परेको उल्लेख गरे।

उनले भने, ‘तदारुकताका साथ हामीले काम गर्न सकेनौँ भने हामी ब्ल्याक लिस्टतिर झर्दै छौँ र ब्ल्याक लिस्टमा झर्नु भनेको बाँकी दुनियाँसग हाम्रो तमाम वित्तीय सम्बन्धहरु टुट्नु हो।’

उनले वर्तमान सरकार सुशासनसम्बन्धी कार्यमा निर्मम भएर लागेको बताए। सम्पत्ति शद्धीकरणसम्बन्धी मुद्दालाई प्रतिशोधको हतियार आफूहरूले नबनाउने पनि उनको भनाइ छ। वर्तमान सरकार निर्माण भएपछि मुलुकलाई ग्रे लिस्टबाट निकाल्न उल्लेख्य प्रगति भएको उनको दाबी छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…