प्रदेशस्तरीय फुटबल प्रतियोगितामा हुम्लालगायत चार वटा टिम सेमिफाइनलमा प्रवेश

प्रदेशस्तरीय फुटबल प्रतियोगितामा हुम्लालगायत चार वटा टिम सेमिफाइनलमा प्रवेश
+
-
देशसञ्चार AI सारांश
  • हुम्ला, डोल्पा, रुकुम पश्चिम, र सुर्खेतका टिमले सेमिफाइनल प्रवेश गर्दै जिल्लास्तरीय फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्।
  • हुम्लाले डोल्पालाई पेनाल्टी सुट आउटमा पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरेपछि गोलकिपर छिरिङ लामा ‘म्यान अफ द म्याच’ घोषित भए।
  • यस प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेशका खेलाडीहरूको चयन गरिने छ।

हुम्ला –  सुर्खेतमा सञ्चालित प्रदेशस्तरीय फुटवल प्रतियोगितामा हुम्लालगायत ४ वटा टिम सेमिफाइनलमा प्रवेश गरेका छन्।
जिल्लाको विजयी सुरुवात भएको छ। राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीसमेत छनौट हुने सो प्रतियोगिता नकाउट चरणमा खेलहरु खेलाइएको छ।

प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा हुम्लाले डोल्पालाई पराजित गरेर सेमिफाईनलमा प्रवेश गरेको छ। नब्बे मिनेटको खेलमा हुम्ला जिल्लाले धेरै अवसर प्राप्त गरेको भए पनि त्यसलाई हुम्लाका खेलाडीहरुले परिणाम निकाल्न सकेनन्।

त्यसैगरी सो अवधिमा डोल्पा जिल्लाले पनि अवसर प्राप्त गरे पनि गोलमा परिणत गर्न सकेका थिएनन्। सो अवधिमा दुवै टिमबाट कुनै पनि गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो।

पेनाल्टीमा हुम्ला जिल्लाका तीनका बिरुद्ध चार गोल गर्दै परिणाम आफ्ना पक्षमा पार्न सफल भएको थियो। पेनाल्टी सुट आउटमा हुम्लाले एउटा गोल मिस गरेको थियो भने डोल्पाले दुई गोल मिस गरेको थियो।

अव शनिबार हुने पहिलो क्वाटर फाईनलमा हुम्लाले दैलेखसंग भिड्नेछ। आजको खेलको म्यान अफ द म्याचमा हुम्लाका गोलकिपर छिरिङ लामा छनौट भएका थिए। उनले प्रतियोगिता पनि नगद एक हजार पाँच सय रुपियाँ प्रदान गरिएको थियो।

प्रतियोगितामा दश वटै जिल्लाको सहभागिता रहेको छ। दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यी खेलहरुबाट कर्णाली प्रदेशबाट खेल्ने खेलाडी समेत छनौट गरिनेछ। बिहीबार सुरु भएको खेलमा रुकुम पश्चिमले मुगुलाई हराएको थियो भने अर्को खेलमा कालीकोटलाई सुर्खेतले हराएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…