बजेटमाथि छलफल गर्न आज लुम्बिनी प्रदेश सभा बैठक बस्दै

बजेटमाथि छलफल गर्न आज लुम्बिनी प्रदेश सभा बैठक बस्दै
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • आज आइतबार दिउँसो १ बजे लुम्बिनी प्रदेश सभामा बजेटमाथि सैद्धान्तिक छलफल गर्न बैठक बस्ने तय भएको छ ।
  • सत्तापक्षीय सांसदहरूबीचको द्वन्द्वका कारण बजेट छलफलमा असन्तुष्टि हुँदा बैठक नियमित रूपमा सञ्चालन हुन सकेन ।
  • आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रश्नहरूको जवाफ दिएपछि विनियोजन विधेयक सभामा पेश गरिनेछ ।

दाङ- लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३\८४ का लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न आज आइतबार प्रदेश सभाको बैठक बस्दैछ ।

प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सरकारले प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएपछि यसअघि बैठक नियमित रूपमा सञ्चालन हुन सकेको थिएन ।

बजेटको वितरण, योजना छनोट तथा स्रोत बाँडफाँटप्रति सत्तापक्षकै केही सांसदले असन्तुष्टि व्यक्त गरेपछि बजेटमाथिको छलफल प्रभावित बनेको थियो ।

विभिन्न चरणको आन्तरिक छलफल र सहमतिपछि आजको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल अघि बढाउन थालिएको हो ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलमा भाग लिनेछन् ।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची रहेको छ । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले विनियोजन विधेयक सभामा पेश गर्नेछन् ।

यसैगरी सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक’लाई विषयगत समितिमा पठाउने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…