फिल्म ‘एलिफेन्ट्स इन द फग’का टोलीलाई अस्कर कलेजद्वारा सम्मान

फिल्म ‘एलिफेन्ट्स इन द फग’का टोलीलाई अस्कर कलेजद्वारा सम्मान
+
-
देशसञ्चार AI सारांश
  • कान सिनेमा उत्सवमा पुरस्कृत ‘एलिफेन्ट्स इन द फग’ टोलीलाई अस्कर कलेजमा भव्य सम्मान गरिएको छ।
  • सम्मान कार्यक्रममा अविनाशविक्रम शाहलाई ‘स्ट्यान्डिङ ओभेशन’ दिइएको र सिनेमाको अन्तर्राष्ट्रिय पहिचानमा चर्चा गरिएको थियो।
  • निर्देशक नविन सुब्बाले नेपाली सिनेमाले विश्वव्यापी उपस्थित भई हरेक वर्ष उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए।

विश्वकै सर्वोत्कृष्ट मानिने कान सिनेमा उत्सवको यस वर्षको ७९औँ संस्करणको अन सर्टेन रिगार्ड खण्डमा उत्कृष्ट जुरी पुरस्कार सहित उत्कृष्ट ध्वनि सिर्जना पुरस्कार जित्न सफल सिनेमा ‘एलिफेन्ट्स इन द फग’ टोलीलाई अस्कर कलेजमा सम्मान गरिएको छ।

शुक्रबार भएको कार्यक्रममा निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेललगायत करिब दुई दर्जन सदस्यलाई कलेजको साधना घरमा आयोजित एक विशेष कार्यक्रममा सम्मान-पत्र प्रदान गरी तथा सिँगारिएको भव्य केक काटी सम्मान प्रकट गरियो। साधना घरमा उपस्थित करिब सय जनाभन्दा बढी सहभागीले कानकै झल्को दिने गरी निर्देशक अविनाश विक्रम शाह र टोलीलाई सम्मान प्रकट गर्दै झन्डै दुई मिनेटको ‘स्ट्यान्डिङ ओभेशन’ दिएका थिए।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले न्यानो स्वागत गरेको कार्यक्रममा वरिष्ठ निर्देशक नविन सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सम्मानित व्यक्तित्वहरूलाई बधाई मन्त्वयका क्रममा निर्देशक सुब्बाले तिनीहरू सिनेमाले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचानमा नयाँ आयाम प्रदान गरेको र अबको चुनौती भनेको हरेक वर्ष कम्तिमा केही सिनेमाहरूले यसैगरी अन्तर्राष्ट्रिय उपस्थिति तथा उपलब्धी पाइराख्नुपर्ने बताए। सदनमा विचाराधीन चलचित्र विधेयकमा यस उपलब्धीले नेपालभित्रका विशेष गरेर युवा चलचित्रकर्मीहरूलाई विशेष रूपमा लक्षित गर्नुपर्ने धारणा निर्देशक सुब्बाको थियो।

कार्यक्रममा निर्देशक अविनाशविक्रम शाह र निर्माता अनुप पौडेलसँग सघन अन्तर्क्रियासमेत भएको थियो। समग्र नेपाली चलचित्र र अस्कर कलेजका विद्यार्थीकाे सफलताकाे सम्मान र खुशियाली मनाउन उक्त कार्यक्रम आयोजना गरिएकाे हाे। उपस्थित विद्यार्थी, शुभेच्छुक तथा दर्शकहरूले सिनेमाले पाएको अभूतपूर्व उपलब्धीप्रति एकाकार भई उत्सव मनाएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…