दुई वटा कार्यालयको संयुक्त भवन निर्माण गरिँदै

दुई वटा कार्यालयको संयुक्त भवन निर्माण गरिँदै
+
-
देशसञ्चार AI सारांश
  • सम्झौताभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीले जोड दिएको छ।
  • साढे दुई तले भवनमा हुलाक र कोष लेखा नियन्त्रण कार्यालय सञ्चालन हुनेछन्।
  • निर्माण कम्पनीलाई ४ करोड ७८ लाखको बजेट उपलब्ध गराइएको छ, जसमा २८ कोठा हुनेछन्।

हुम्ला – दुई वटा कार्यालय सञ्चालन हुने गरी भवन निर्माण कार्य अगाडि बढेको छ। सम्झौतामा उल्लेख भएको मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्न लागिएको निर्माण कम्पनीले जनाएको छ।

जिल्ला हुलाक कार्यालय हाताभित्र रहेको एउटै भवनमा दुई वटा कार्यालय सञ्चालन गर्ने गरी निर्माण कार्य अगाडि बढेको सघन सहरी विकास कार्यालय जुम्लाले जनाएको छ।

ग्त वर्ष असोजमा सम्झौता भएर निर्माण सुरु भए पनि हिउदमा चिसोका कारण काम बन्द गरिएकाले जेठबाट कामलाई तीव्रता दिइएको हो।

२०८२ साल असोजमा निसान पराजुली जेभीले दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीका स्थानीय प्रतिनिधि पालु रावतले बताए।

२०८४ सालको अजोजमा भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो समय अगाडि नै निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको उनले बताए।

साढे दुई तले भवनको माथिल्लो तलमा कर्मचारीका लागि क्वाटर निर्माण गरिनेछ भने बाँकी दुई तलामा एउटामा हुलाक कार्यालय र अर्कोमा कोष तथा लेखा नियन्त्रण कार्यालय सञ्चालन हुनेछन्।

कुल २८ वटा कोठामा वैठक हल, शौचालन, बाथरुम समेत भवनभित्रै निर्माण गरिनेछ। यसका लागि कार्यालयले भ्याटसहित ४ करोड ७८ लाख बजेटको ब्यवस्था गरेको छ। यो भवनको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आए हुम्लामा पहिलो अभ्यास हुनेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…