काठमाडौँ – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको प्रशासनिक संयन्त्र र राजनीतिक अवरोधले उद्यमशीलता तथा आर्थिक विकासमा गम्भीर असर पारेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता पाण्डेले व्यवसाय सञ्चालनका क्रममा उद्यमीहरूले प्रशासन र सुरक्षाकर्मीअनुकूल व्यवहार गर्न नसके विभिन्न प्रकारका अवरोधहरू सामना गर्नुपर्ने अवस्था रहेको बताएका हुन्।
उनले केही व्यवसायीले प्रहरीको दबाबका कारण निःशुल्क सेवा उपलब्ध गराउन बाध्य हुने गरेको गरेको बताए। उनले मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रशासनिक र राजनीतिक संरचनामा सुधारको आवश्यकता रहेको बताए।
उनले राज्यले मुलुकको आर्थिक विकासको नेतृत्व नागरिक र निजी क्षेत्रलाई दिनुपर्नेमा पनि जोड दिए।
उनले सरकारले व्यवसायमैत्री नीति निर्माण गरेर स्वदेशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्नुपर्ने बताए।
भर्खरै
लोकप्रिय
