विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले भने, ‘मेरो लागि युरो- २०१६ विश्वकपभन्दा कम मूल्यवान छैन’

विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले भने, ‘मेरो लागि युरो- २०१६ विश्वकपभन्दा कम मूल्यवान छैन’
+
-
देशसञ्चार AI सारांश
  • क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्राको भावुक अन्त्य स्पेनसँग १-० को पराजयले, र उनका लागि यो अन्तिम विश्वकप थियो।
  • रोनाल्डोले पोर्चुगललाई पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि दिलाउँदै युरोपियन च्याम्पियनसिप जित्नुलाई विश्वकप जित्नुसरह महत्त्वपूर्ण भने।
  • प्रशिक्षक रोबर्टो मार्टिनेजले स्पेनसँगको पराजयपछि पोर्चुगलको पदबाट राजीनामा दिँदा रोनाल्डोले उनको कामको प्रशंसा गरे।

फुटबल इतिहासका महान् खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको अविस्मरणीय करियर विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिबिनै टुंगिएको छ। पोर्चुगलका लागि उनले खेलेको अन्तिम विश्वकप खेलमा टोली प्रि-क्वाटरफाइनलमा स्पेनसँग १-० ले पराजित भएपछि उनको विश्वकप यात्राको भावुक अन्त्य भएको हो।

डलासमा भएको यस खेलमा मिकेल मेरिनोले इन्जुरी समयमा गरेको निर्णायक गोलले स्पेनलाई क्वाटरफाइनलमा पुर्यामयो भने रोनाल्डो आँसु झार्दै मैदानबाट बाहिरिन बाध्य बनायो। विश्वकपसँगको उनको लामो सम्बन्ध यही खेलसँगै समाप्त भयो। उनी २००६ यता निरन्तर विश्वकप खेल्दै आएका थिए।

४१ वर्षीय रोनाल्डो पाँच पटकका बालोन डी’ओर विजेता, पाँच पटकका यूईएफए च्याम्पियन्स लिग विजेता र सन् २०१६ को युरोपियन च्याम्पियन हुन्। क्लब र राष्ट्रिय टोलीका लागि उनले हालसम्म विश्व कीर्तिमान ९७६ गोल गरेका छन्।

उनले लगातार ६ वटा विश्वकपमा गोल गर्ने अद्वितीय कीर्तिमान पनि बनाएका छन्। तर विश्वकप जित्ने उनको सपना भने कहिल्यै पूरा हुन सकेन। उनी त्यसको सबैभन्दा नजिक सन् २००६ मा पुगेका थिए, जब पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो
रोनाल्डोले यसअघि नै यो विश्वकप आफ्नो अन्तिम हुने घोषणा गरिसकेका थिए। तर खेलपछि राष्ट्रिय टोलीबाट पनि संन्यास लिने कि नलिने भन्ने प्रश्नमा उनले हतारमा निर्णय नगर्ने बताए। उनले भने ‘म परिवारसँग भेट्नेछु र शान्त मनले निर्णय लिनेछु।’

उनले सन् २०१६ मा जितेको युरोपियन च्याम्पियनसिप (युरो २०१६) आफ्नो लागि फिफा विश्वकप जित्नुसरह महत्त्वपूर्ण भएको बताएका छन्। विश्वकपलाई फुटबलको सबैभन्दा ठूलो उपाधि मानिए पनि पोर्चुगललाई पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि दिलाएको उपलब्धिको भावनात्मक मूल्य आफ्ना लागि विश्वकपभन्दा कम नभएको उनको भनाइ छ।

खेलपछि बोल्दै ४१ वर्षीय रोनाल्डोले विश्वकप उपाधिबिनै प्रतियोगिताबाट बाहिरिनुपर्दा आफू अत्यन्त दुःखी भएको स्वीकार गरे। तर टोलीका लागि आफ्नो तर्फबाट गर्न सक्ने योगदानमा कुनै कसर बाँकी नराखेको भन्दै उनलाई कुनै पछुतो नरहेको बताए।

उनले भने, ‘यसरी विश्वकपबाट बाहिरिनुपर्दा म दुःखी छु। मैले आफ्नो सम्पूर्ण क्षमता दिएँ। सकेसम्म राम्रो खेलेँ र अहिले मेरो अन्तर्मन शान्त छ। यो मेरो अन्तिम विश्वकप थियो। अब म परिवारसँग समय बिताउनेछु र भविष्यबारे शान्त मनले सोच्नेछु। हतारमा कुनै निर्णय गर्ने छैन।’ उनले थपे ‘म भावनाको आवेगमा निर्णय गर्ने मान्छे होइन।’

आफ्नो अन्तर्राष्ट्रिय करियरको समीक्षा गर्दै रोनाल्डोले आफूहरूको पुस्ताअघि पोर्चुगलले कुनै पनि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको स्मरण गरे। उनले भने, ‘मैले पोर्चुगलका लागि तीन वटा उपाधि जितेको छु। क्रिस्टियानो रोनाल्डोअघि पोर्चुगलले एउटा पनि ठूलो उपाधि जितेको थिएन। राष्ट्रिय टोलीले जितेको सबैभन्दा ठूलो उपाधि सन् २०१६ को युरोपियन च्याम्पियनसिप हो, र मेरो लागि त्यो विश्वकप जित्नुसरह महत्त्वपूर्ण छ।’

रोनाल्डोको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा पहिलो पटक युरोपियन च्याम्पियनसिप जित्यो। त्यसपछि टोलीले सन् २०१९ र २०२५ मा यूईएफए नेसन्स लिगको उपाधि पनि जित्दै अन्तर्राष्ट्रिय फुटबलमा नयाँ इतिहास रच्यो।

प्रशिक्षक मार्टिनेजको पनि बिदाइ
स्पेनसँगको हारले पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजको कार्यकाल पनि समाप्त भएको छ।

प्रतियोगिताबाट बाहिरिएलगत्तै उनले पद छाड्ने घोषणा गरेका थिए। रोनाल्डोले मार्टिनेजको खुलेर प्रशंसा गर्दै भने, ‘उहाँसँग काम गर्न पाउँदा मलाई धेरै खुशी लाग्यो। उहाँ उत्कृष्ट प्रशिक्षक मात्र होइन, असाध्यै राम्रो व्यक्ति पनि हुनुहुन्छ। पोर्चुगलका लागि उहाँले गरेको योगदान प्रशंसायोग्य छ। उहाँलाई धन्यवाद दिन चाहन्छु र आगामी जीवनका लागि शुभकामना दिन्छु।’

प्रतियोगिताबाट बाहिरिनुपरे पनि आफ्नो टोलीले राम्रो प्रदर्शन गरेको र नतिजा जुनसुकै दिशामा जान सक्ने खेल भएको रोनाल्डोको विश्वास थियो। उनले भने, ‘ठूला प्रतियोगिताबाट बाहिरिनु सधैं पीडादायी हुन्छ। यो विश्वकप थियो। हाम्रो टोली लय समात्दै गएको थियो। मेरो विचारमा हामीले राम्रो खेल्यौं। खेल जुनसुकै टोलीको पक्षमा जान सक्थ्यो, तर फुटबल यस्तै हो। अब हामी फेरि उठ्नुपर्छ र अगाडि बढ्नुपर्छ।’

विश्वकप जित्ने सपना पूरा नभए पनि रोनाल्डोका लागि पोर्चुगललाई पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि दिलाएको युरो २०१६ नै उनको राष्ट्रिय टोलीको करियरको सबैभन्दा गर्विलो उपलब्धि बनेको छ। त्यसैले उनी आफ्ना लागि त्यो सफलता विश्वकप जित्नुसरह भावनात्मक रूपमा मूल्यवान रहेको बताउँछन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…