पद्मा अर्यालको प्रश्न– प्रधानमन्त्रीलाई संसदमा बोलाउन हेल्लो सरकारमा निवेदन हाल्नुपर्ने हो?

पद्मा अर्यालको प्रश्न– प्रधानमन्त्रीलाई संसदमा बोलाउन हेल्लो सरकारमा निवेदन हाल्नुपर्ने हो?
फाइल तस्बिर
+
-

काठमाडौँ– नेकपा एमालेकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीलाई संसदमा बोलाउन हेल्लो सरकारमा निवेदन हाल्नुपर्ने हो भन्दै व्यङ्ग्य गरेकी छन्।

‘नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले संसदमा उनको अभिव्यक्ति सच्चिनुपर्ने भन्दै माग भए पनि प्रधानमन्त्रीले वास्ता नगरेपछि अर्यालले यस्तो व्यङ्ग्य गरेकी हुन्।

बुधबारको संसद बैठमा बोल्दै अर्यालले हेल्लो सरकारमा आएका गुनासाको ६० प्रतिशत सुनुवाई सकिएकोमा सरकार रोमान्चित भइरहेको पनिब बताइन्। ‘प्रतिपक्षी सरकारलाई जवाफदेही बनाउन दिनपिच्छे आन्दोलनरत छ। सरकारको प्रतिवेदन भन्छ हेल्लो सरकारका ६० प्रतिशत सुनुवाई सकियो भनेर सरकार रोमान्चित भइरहेको छ। मलाई सोध्न मन लाग्छ के सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो संसदमा उपस्थित बनाउनका निम्ति हामीले पनि हेल्लो सरकारमा निवेदन हाल्नुपर्ने हो?’, उनले भनिन्।

सरकारले सुकुम्वासीको व्यवस्थापन भइरहेको भने पनि काठमाडौँका गल्ली र चोकचोकहरूमा उनीहरू अलपत्र रहेको अर्यालको भनाइ छ।

उनले सरकार प्रश्नबाट भाग्ने प्रवृत्ति देखिन थालेको भन्दै चिन्तासमेत व्यक्त गरिन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…