टीकापुर अस्पतालका प्रयाेगशाला इन्चार्ज कार्यालयमै कुटिए

टीकापुर अस्पतालका प्रयाेगशाला इन्चार्ज कार्यालयमै कुटिए
+
-
देशसञ्चार AI सारांश
  • टीकापुर अस्पतालका प्रयोगशाला इञ्चार्ज उमेश बजगाईलाई फिजियोथेरापिष्ट अनिल तिवारीले कार्यलयमै कुटपिट गरेको घटना भएको छ।
  • तिवारीले प्रशासनमा कुरा गर्दा गाली-गलौज भएपछि बजगाईलाई कुटपिट गरेको तर गालीको आरोप लगाएका छन्।
  • अस्पताल प्रशासनले सिसिटीभी फुटेजसहित अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई परिपत्र गरिसकेको छ।

धनगढी – कैलालीकाे टीकापुरमा रहेकाे टीकापुर अस्पतालका प्रयोगशाला इञ्चार्ज उमेश बजगाई कार्यलयमै कुटिएका छन्।
मंगलबार दिउँसो फिजियोथेरापिष्ट अनिल तिवारीले प्रयोगशाला इञ्चार्ज बजगाईमाथि कुटपिट गरेकाे बुझिएकाे छ।

अस्पतालकै प्रशासन कक्ष गएका बेला मंगलबार दिउँसो २ बजे आफूमाथि तिवारीले कुटपिट गरेको बजगाईले बताए। उनले भने,  ‘म कामका लागि प्रशासनमा गएको थिए, एक्कासी आएर उनले ममाथि कुटपिट गरे।’

बजगाईलाई कुटपिट गरेको आरोप लागेका तिवारी भने कार्यालयमा भइरहेको अनिमितताको विषयमा कुरा गर्दा गाली—गलौज गरेपछि आफू आवेशमा आएकाे बताउँछन। उनले प्रयोगशालामा भएको अनियमितताको विषयमा प्रशासनसँग कुरा गर्न गएका वेला बजगाँईले गाली-गलौंज गरेपछि आवेशमा आएर घटना भएकाे बताए।

तिवारीले विदाका दिन पनि प्रयोगशाला चलाएको देखाएर भत्ता खाने गरेको, रिएजेन्ट महंगोमा खरिद गर्ने गरेको लगायतलआरोप लगाए। टिकापुर अस्पताल प्रशासनले प्रयोगशाला प्रमुखले कुटपिट गरेको निवेदन दिएपछि त्यसबारेमा सिसिटीभी फुटेजसहित आवश्यक अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई परिपत्र गरिसकेको जनाएकाे छ।

सिसिटीभी फुटेजमा प्रयोगशाला प्रमुख बजगाईलाई तिवारी दौडिएर आएर कुटपिट गरेको देखिन्छ। तिवारीले कुटपकुटपिट गरेपछि बजगाईले पनि तिवारीमाथि प्रहार गरेको देखिन्छ। त्यसपछि त्यहाँ जम्मा भएका कर्मचारीहरुले दुवै जनालाई छुट्याएर पठाएकाे भपडियाेमा देख्न सकिन्छ। यता ईलाका प्रहरी कार्यालयले उजुरी आएकाे र घटनाकाे अध्ययन गरि कार्वाही प्रकृया अघि बढाउने जनाएकाे छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…