दैलेखका १० पालिकाले शिक्षा, स्वास्थ्य, प्रविधि र सिँचाइमा जोड

दैलेखका १० पालिकाले शिक्षा, स्वास्थ्य, प्रविधि र सिँचाइमा जोड
+
-
देशसञ्चार AI सारांश
  • जिल्लाका १० स्थानीय तहले शिक्षा, स्वास्थ्य, प्रविधि र सिँचाइ व्यवस्थाका लागि कुल रु छ अर्ब २८ लाखभन्दा बढी बजेट सार्वजनिक गरेका छन्।
  • आठबिस नगरपालिकाबाहेक बाँकी पालिकाले आ–आफ्नो बजेटमा स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधार कार्यक्रमलाई प्राथमिकतामा समावेश गरेका छन्।
  • सबैभन्दा बढी बजेट दुल्लु नगरपालिकाले प्रस्तुत गर्दा डुङ्गेश्वर गाउँपालिकाले न्यूनतम रु ४६ करोड छ लाख ८७ हजार बजेट प्रस्तुत गरेको छ।

दैलेख – जिल्लाका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कूल रु छ अर्ब २८ लाखभन्दा बढी वजेट शिक्षा, स्वास्थ्य, प्रविधि र सिँचाइ व्यवस्थाका लागि सार्वजनिक गरेका छन्।

एघार स्थानीय तह रहेको दैलेखमा आठबिस नगरपालिकाले आव २०८३/०८४ का लागि भने बजेट पेस गर्न सकेन अन्य पालिकाले आ–आफ्नो बजेट नगर तथा गाउँसभामा प्रस्तुत गरेका छन्।

बजेटमा पालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी ‘डिजिटल नवप्रवर्तन’ र पूर्वाधार कार्यक्रमलाई प्राथमिकतामा समाबेश गरेका छन्। बजेट पेस गर्नेमा नारायण नगरपालिका महावु गाउँपालिका, दुल्लु नगरपालिका, नौमुले र भगवतीमाई गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र डुङ्गेश्वर, भैरवी, ठाटीकाँध र गुराँस गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, प्रविधि स्वास्थ्य तथा सिँचाइ क्षेत्रलाई बजेटमा समावेश गरेका हुन्।

सबैभन्दा बढी दुल्लु नगरपालिकाले रु एक अर्ब पाँच करोड ७० लाख ४९ हजार, गुराँस गाउँपालिकाले रु ७० करोड ३२ लाख ३३ हजार, नारायण नगरपालिकाले रु ६४ करोड १८ लाख ६२ हजार, महावु गाउँपालिकाले रु ६१ करोड २० लाख ९३ हजार र नौमूले गाउँपालिकाले रु ५६ करोड १८ लाख ९८ हजारको वार्षिक बजेट सार्वजनिक गरेका सम्बन्धित नगर तथा गाँउपालिकाले जनाएका छन्।

त्यसैगरी, भगवतीमाई गाउँपालिकाले रु ५१ करोड ३१ लाख ८६ हजार, चामुण्डाबिन्द्रासैनी नगरपालिकाले रु ५० करोड ७५ लाख ७ हजार, भैरवी गाउँपालिकाले रु ४७ करोड २९ लाख ९० हजार, ठाटीकाँध गाउँपालिकाले रु ४७ करोड २३ लाख २९ हजार र डुङ्गेश्वर गाउँपालिकाले रु ४६ करोड छ लाख ८७ हजार बराबरको वजेट प्रस्तुत गरेका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…