हुम्ला – कर्णाली नदी किनारमा पानीको बहाब बढ्दै गएको छ। लगातार वर्षा भइरहेकाले कर्णाली नदीमा पानीको बहाब निकै माथि आएका कारण जोखिमसमेत बढेको हो।
यी क्षेत्रको नदीको बहाब सधैँभन्दा माथि आइसकेका कारण सम्भावित जोखिम बढ्दै गएको स्थानीय बताउँछन्।
नदीकिनारमा पानीको सतह पहिलेभन्दा निकै माथि आइसकेका कारण नदी किनारमा कोही पनि नजान र पौडीसमेत नखेल्नसमेत आग्रह गरिएकाे छ।
हिल्सावाट कवाडीसम्म तेह्र वटा वस्ती छन्। नाम्खा गाउँपालिकाको हिल्सा, खार्पुनाथ गाउँपालिकाको नल्न, याङ्चु बजार,, भिगौडा, सर्केगार्ड गाउँपालिकाको स्याल्तडी, गाउँपालिका केन्द्र सर्केगार्ड, ताँजाकोट गाउँपालिकाको पैमा र कवाडीमा बस्ती धेरै बसेको छ। यी क्षेत्रमा नदीले डुवान गर्ने संभावना पनि रहेको छ।
स्थानीय, यातायातका साधन र पैदल यात्रुहरुलाई नदी किनारमा नहिड्न र हिड्नै परे नजिकको प्रहरी चौकीमा खवर गरेर सचेततापुर्वक जान पर्ने देखिएको छ। पानी निकै माथि आएको कारण नदी किनार घर भएका स्थानीय बढी जोखिममा देखिएका छन्। नदी किनारमा पानीको बहाब वढेकोले सुरक्षित र सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
भर्खरै
लोकप्रिय
