हिल्सामा सशस्त्र प्रहरी कार्यालय भवन निर्माण गर्न छुट्ट्याइयो १० करोड

हिल्सामा सशस्त्र प्रहरी कार्यालय भवन निर्माण गर्न छुट्ट्याइयो १० करोड
बिओपी हिल्साका लागि भवन निर्माण गर्न लागिएको जग्गा। तस्बिरः देश सञ्चार
+
-
देशसञ्चार AI सारांश
  • हिल्सामा सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट भवन निर्माणका लागि १० करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
  • आगामी आर्थिक वर्ष ०८३।०८४ मा सशस्त्र प्रहरीको कार्यालय र विओपी भवन निर्माणका लागि बजेट विनियोजित भएको छ।
  • हिल्साको नवनिर्मित भवनमा दुई देशका सुरक्षा निकायको बैठक वस्ने हलको समेत निर्माण गरिनेछ।

हुम्ला – सशस्त्र प्रहरी ४४ नम्बर गुल्म र हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्ड आउट पोष्ट ( विओपो) भवन निर्माणका लागि १० करोड रुपैयाँ व्यवस्था गरिएको छ।

सरकारले आगामी आर्थिक वर्षमा भवन निर्माणका लागि वजेटको विनियोजित गरेपछि अब सशस्त्र प्रहरीको पनि आफ्नै भवन निर्माण गर्ने बाटो खुलेको हो।

सशस्त्र प्रहरीको कार्यालय भवन निर्माणका लागि आगामी आर्थिक वर्ष ०८३।०८४ मा बजेट विनियोजित भएको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दबहादुर साउदले बताए।

यो बजेट सदरमुकाम सिमकोटमा रहेको ४४ नम्बर गुल्मका लागि र हिल्सामा स्थानना गरिएको विओपीको भवन निर्माणका लागि विनियोजित गरिएको होे।

विनियोजित गरिएको कुल बजेट आठ करोड र७५ लाख रहेको र त्यसबाट सिमकोट गाउँपालिका– ५ को बचुनधारा डाँडामा बन्ने ४४ नम्बर गुल्मको भवनका लागि दुई करोड ७५ लाख बजेट बहुवर्षीय योजना निर्माणका लागि आगामी आवमा वजेट विनियोजित भएको छ।
करिब ३० करोड लागतमा सो भवन निर्माण गरिने योजना रहेको छ। सो स्थान डाँडा भएका कारण जमिन सुम्याउन निकै रकम खर्च हुनेछ।

तीन सय रोपनी क्षेत्रफल रहेको सो सार्वजनिक जग्गाको गत वर्ष मात्र भोगाधिकारको प्रमाणपत्र गुल्मको नाममा सरकारले प्रदान गरेको थियो।

०७५ साल भदौ २२ गते जिल्लामा उक्त सदरमुकाम सिमकोटमा स्थापना भएको थियो। स्थापनादेखि तत्कालीन जिल्ला बिकास समितिको भवन र जिल्ला प्रशासन कार्यालयको जीर्ण भवनमा गुल्म वस्दै आएको छ।

नयाँ भवन निर्माण गरिएपछि गुल्मलाई पनि सहज हुनेछ। त्यसैगरी २०७७७ साल असार ६ गते स्थापित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको (विओपी) भवन निर्माणका लागि पनि आगामी आवमा ६ करोड बजेट विनियोजित गरिएको छ।

यो बजेट तीन करोड संघ सरकारको र तीन करोड प्रदेश सरकारले विनियोजित गरेको हो। विओपी हिल्सा पनि स्थापनाकालदेखि हालसम्म भाडाको भवनमा वस्दै आएको छ।

गत वर्ष नै विओपी हिल्साको नाममा २७७८ वर्गमिटर जग्गा प्राप्त भएको थियो। हिल्सामा नयाँ वन्ने भवनमा दुई देशका सुरक्षा निकायको बैठक वस्ने हलको समेत निर्माण गरिनेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…