मोरङ – विराटनगर महानगरपालिकाको भेडियारीस्थित पोखरीमा डुबेका एक युवक बेपत्ता भएका छन्।
गाँजासहितको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेका विराटनगर–१८ का मञ्जितकुमार यादव प्रहरीबाट जोगिने क्रममा पोखरीभित्र पसेको बताइएको छ।
मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार बुधबार करिब ६ केजी गाँजासहित मोटरसाइकलमा सवार यादव प्रहरीबाट जोगिन भागेका थिए।

पछि उनी नजिककै पोखरीभित्र पसेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्। यादवले एकीकृत भन्सार जाँच केन्द्रतर्फ भारतीय बीआर ५० एएल ३६८७ नम्बर मोटरसाइकल चलाइरहेका थिए। शंका लागेर प्रहरीले चेक गर्ने क्रममा उनी मोटरसाइकल छाडेर भागेको प्रहरी उपरिक्षक कट्वालले जानकारी दिए।
उनका अनुसार मोटरसाइकरमा सवार अर्का एक भारतीय ४१ वर्षीय शिवधर यादव भने पक्राउ परेका छन्। कट्वालका अनुसार स्थानीयले पोखरीमा डुबेको बताएपछि सशस्त्र प्रहरी बलको उद्धार टोलीले खोजी गरिरहेको छ।
सुनसरीबाट रबरको बोटसहित उद्धार गर्न आएको टोलीले पहिलोचरणमा पोखरीमा खोजे पनि यादवको अवस्था पत्ता नलागेको जनाएको छ।
भर्खरै
लोकप्रिय
