बिहीबारदेखि झापाको बिर्तामोडमा दुई दिने उपसभामुख सम्मेलन हुँदै

बिहीबारदेखि झापाको बिर्तामोडमा दुई दिने उपसभामुख सम्मेलन हुँदै
+
-
देशसञ्चार AI सारांश
  • झापाको बिर्तामोडमा बिहीबारदेखि सुरु हुने दुई दिने सम्मेलनले उपसभामुखहरूको संवैधानिक भूमिका प्रभावकारी बनाउन मुख्य एजेन्डामा छलफल गर्नेछ।
  • सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुहुनेछ र कार्यपत्रहरू विभिन्न विज्ञहरूले प्रस्तुत गर्नेछन्।
  • गत वर्षको सम्मेलनको अनुकरण गर्दै यस पटकको सम्मेलनले उपसभामुखहरूको भूमिका स्पष्ट गर्दै नयाँ मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

झापा- प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका उपसभामुख तथा उपाध्यक्षहरूको संवैधानिक भूमिकालाई थप प्रभावकारी, जिम्मेवार र ओझपूर्ण बनाउने उद्देश्यका साथ बिहीबारदेखि झापाको बिर्तामोडमा दुई दिने सम्मेलन आयोजना हुन लागेको छ।

कोशी प्रदेशसभाको आयोजनामा हुन लागेको यस सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले जानकारी दिइन्।

देशसञ्चारसँग कुराकानी गर्दै उपसभामुख दनुवारले बिहीबार बिहान ९:०० बजेदेखि सम्मेलनको औपचारिक उद्घाटन हुने बताइन्।

सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ।

भूमिका स्पष्ट पार्ने मुख्य एजेन्डा

उपसभामुख र उपाध्यक्षको पदलाई कसरी थप सक्रिय र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय नै सम्मेलनको मुख्य एजेन्डा रहनेछ।

सम्मेलनमा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष र सातै प्रदेशका उपसभामुखहरूबीच कार्य अनुभव आदानप्रदान हुनेछ।

“विशेषगरी उपसभामुखको पदलाई कसरी थप सक्रिय र ओझपूर्ण बनाउन सकिन्छ भन्नेमा हाम्रो गहन छलफल हुनेछ,” उपसभामुख दनुवारले भनिन्, “सातै प्रदेशको कानुन निर्माण प्रक्रियामा एकरूपता ल्याउन र उपसभामुख पदको स्पष्ट जिम्मेवारी तय गर्न यो सम्मेलन कोशेढुङ्गा सावित हुनेछ।”

हालै सुदूरपश्चिममा सम्पन्न व्यवस्थापिकाको संयुक्त सम्मेलनबाट गठित तीन सदस्यीय समितिले उपसभामुखहरूको भूमिका नियमावलीमै स्पष्ट पार्न गरिरहेको गृहकार्यलाई पनि यस सम्मेलनले एउटा निष्कर्षमा पुर्‍याउने विश्वास लिइएको छ।

विज्ञहरूबाट कार्यपत्र प्रस्तुत हुने

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा संघीयता र संसदीय मामिलाका विज्ञहरूबाट कार्यपत्र समेत प्रस्तुत हुनेछन्।

तालिका अनुसार डा. खिमलाल देवकोटा र पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले सम्मेलनमा कार्यपत्र पेस गर्ने कार्यक्रम छ।

डा. देवकोटाको स्वास्थ्यमा केही समस्या देखिएकाले उनको विकल्पमा अर्को व्यवस्था हुन सक्ने भए पनि विषयगत छलफल भने निरन्तर रहने आयोजकले जनाएको छ।

गत वर्ष मधेश प्रदेशको धनुषामा सम्पन्न यस्तै सम्मेलनले ५ बुँदे घोषणापत्र जारी गर्दै संघीयता अनुकूलका कानून निर्माण र संसदीय बजेटमा जोड दिएको थियो।

यस पटकको सम्मेलनले उपसभामुखहरूको भूमिका स्पष्ट नभएको जनगुनासो र व्यावहारिक कठिनाइलाई चिर्दै विगतका प्रतिबद्धता कार्यान्वयन गर्ने नयाँ मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा सहभागी हुन राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र लुम्बिनी प्रदेशका उपसभामुख रुबी पाण्डे लगायत अन्य प्रदेशका पाहुनाहरू झापा आइपुग्ने क्रम सुरु भइसकेको छ।

सम्मेलन शुक्रबार निष्कर्षसहितको घोषणापत्र जारी गर्दै समापन हुने दनुवारले बताइन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…