राज्य स्वयं आफ्ना नागरिकलाई सडकतर्फ धकेल्न थालेको छ: सांसद कामी

राज्य स्वयं आफ्ना नागरिकलाई सडकतर्फ धकेल्न थालेको छ: सांसद कामी
+
-

काठमाडौँ– नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले राज्य स्वयं आफ्ना नागरिकलाई सडकतर्फ धकेल्न थालेको भन्दै आपत्ति जनाएकी छन्।

सुकुम्वासीलाई व्यवस्थापनविना होल्डिङ सेन्टरबाटसमेत उठिबास बनाइएकोप्रति चिन्ता व्यक्त गर्दै सांसद कामीले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारसमेत खोसिएको बताइन्। ‘संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ तर राज्य स्वयं आफ्नो नागरिकलाई सडक तर्फ धकेल्न थालेका छन्’, उनले भनिन्।

२५ हजार रुपैयाँ दिएर महंगीमा एउटा परिवारलाई नपुग्ने उनले बताइन्। मासिक १५ हजारले के खाने? कहाँ बस्ने? बच्चाहरू कसरी पढाउने भन्दै उनले प्रश्न पनि गरिन्। ‘सरकारले २५ हजार रुपैयाँ एकमुष्ट र ३ महिनासम्म मासिक १५ हजार रुपैयाँ दिने आश्वासनलाई समाधानको रूपमा प्रस्तुत गरेको छ तर यो महँगीमा एउटा परिवार १५ हजार रुपैयाँले बोकेर कहाँ जाने, के खाने, कहाँ बस्ने, कसरी भविष्य बनाउँछ, उनीहरूका बालबच्चा कहाँ पढ्छन्?’, कामीले भनिन्।

उनले प्रधानमन्त्रीलाई संसमा सुकुम्वासीका विषयमा जवाफ दिन मागसमेत गरिन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…