हुम्ला अस्पतालले जिल्लामै गर्‍यो जटिल खालका बिरामीको शल्यक्रिया

हुम्ला अस्पतालले जिल्लामै गर्‍यो जटिल खालका बिरामीको शल्यक्रिया
+
-
देशसञ्चार AI सारांश
  • हुम्ला अस्पतालले विशेषज्ञ सेवाका लागि दक्ष जनशक्ति व्यवस्थापछि जटिल खालका बिरामीको जिल्लामै सफल शल्यक्रिया गरेको छ।
  • सीमित स्रोत र दुर्गम भौगोलिक अवस्थामा पनि स्वास्थ्य सेवा कार्यालय हुम्लाले अर्को जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।
  • भौगोलिक विकटताका बावजुद तिवारीको नेतृत्वमा हुम्लामा १२ वटा जटिल बिरामीको सफल शल्यक्रिया गरिएको छ।

हुम्ला – हुम्ला अस्पतालले जटिल खालका बिरामीको शल्यक्रिया जिल्लामै गरेको छ। अस्पतालमा विशेषज्ञ सेवाका लागि दक्ष जनशक्तिको व्यवस्था भएपछि जटिल खालका बिरामी तथा सुत्केरी व्यथा लागेकी गर्भवती महिलाको शल्यक्रिया गर्न सफल भएको हो।

सीमित स्रोत–साधन र दुर्गम भौगोलिक अवस्थाबीच पनि स्वास्थ्य सेवा कार्यालय हुम्लाको जिल्ला अस्पतालमा अर्को एक जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको कार्यालय प्रमुख एवं विशेषज्ञ चिकित्सक उमाकान्त तिवारीले बताए।

यसका लागि पछिल्लो केसमा खार्पुनाथ गाउँपालिका– ५ की ३९ साताभन्दा बढी समय भएकी गर्भवती महिला धना सुनारको गर्भावस्थाजन्य उच्च रक्तचाप तथा प्रसूतिको दोस्रो चरणमा जटिल अवस्था देखिएपछि शल्यक्रिया गर्नुपरेको हो।

कार्यालय प्रमुखसमेत रहेका चिकित्सक तिवारी (एमडिजिपी) को नेतृत्वमा गरिएको शल्यक्रिया सफल भएको हो। सो कार्यमा शल्यक्रियामा नर्सिङ स्टाफ कञ्चन चौधरी, सरिता बोहोरा, वाङ्मो लामा तथा एनेस्थेसिया सहायक यज्ञराज जोशीलगायत स्वास्थ्यकर्मीको सक्रिय सहभागिता रहने गरेको छ।

विशेषज्ञ चिकित्सक तिवारीले १५ महिनादेखि हुम्लामा सेवा दिँदै आएका छन्। भौगोलिक विकटता, सीमित पूर्वाधार तथा विभिन्न चुनौतीका बाबजुद उनले जिल्लाको स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण योगदान पुर् याइरहेका छन्।

नेतृत्वमा जटिल शल्यक्रिया, दुर्घटनाका घाइतेको उपचार तथा कैलाश–मानसरोवर तीर्थयात्राका क्रममा बिरामी परेका स्वदेशी तथा विदेशी यात्रुको उपचारसमेत प्रभावकारी रूपमा हुँदै आएको छ।

दुर्गम क्षेत्रमा गुणस्तरीय तथा जीवनरक्षक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धताअनुसार यस्ता जटिल उपचार सेवा निरन्तर प्रदान गरिँदै आएको हो। हालसम्म १२ वटा जटिल बिरामीको सफल सल्यक्रिया गर्न अस्पताल सफल भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…