हुम्ला – प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लामा आफ्नो कार्यभार सुरु गरेका छन्। बुधबार जिल्लामा आइपुगेलगत्तै प्रजिअ गुरागाईले कार्यालयमा उपस्थित भएर आफ्नो कामको सुरुवात गरेका हुन्।
उनले जिल्ला प्रशासन कार्यालयको सबैभन्दा पहिलो काम जिल्लामा शान्ति सुरक्षा तथा अमयचयन कायम गर्ने रहेको बताए।
देशभर मनसुन भित्रिसकेको अवस्थामा विपद ब्यवस्थापनका लागि तयारी अवस्थामा रहेको र सरोकारवाला पक्ष सबै लाग्ने गरी अगाडि बढ्न उनले आग्रह गरे।
एउटा सेवाग्राहीप्रति उत्तरदायी हुनुपर्ने कार्यालय भएका कारण सेवाग्राहीका गुनासोको सुनुवाइ गर्ने कार्य पनि सम्भव भएसम्म गरिने उनले बताए।
उनले जिल्लाका सरोकारवाला पक्ष सबैसँग समन्वय, सहकार्य र सहजीकरणमा पनि लाग्ने बताए।
पछिल्लो समय बाजुरा र हुम्ला जिल्लाको सीमा विवादलाई लिएर केही बिबाद भइरहेको अवस्थामा त्यो समस्याबरे बुझने कार्य भइरहेको र समाधानका लागि पनि प्रजिअको तर्फबाट गर्न सकिने कार्य गरिने उनले बताए।
यसका लागि बाजुरा जिल्लासँग पनि समन्वय गरिने उनले बताए। यसअघि काभ्रे जिल्लाको जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रजिअ गुरागाईसँग २८ वर्ष लामो जागिरे जीवनको अनुभव छ।
भर्खरै
लोकप्रिय
