प्रतिवेदन सच्याउन ओलीले दिए मानव अधिकार आयोगमा निवेदन

प्रतिवेदन सच्याउन ओलीले दिए मानव अधिकार आयोगमा निवेदन
+
-
देशसञ्चार AI सारांश
  • केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनाका लागि मानव अधिकार आयोगको प्रतिवेदन बदल्न निवेदन दिएका छन्।
  • आयोगले उनलाई गम्भीर मानव अधिकार उल्लंघनको दोषी ठहर गर्दै कानुनी कारबाहीको सिफारिस गरेको थियो।
  • एमालेका महेश बर्तौलाले निर्णय पूर्वाग्रहपूर्ण भएको भन्दै आयोगसमक्ष ओलीको तर्फबाट औपचारिक निवेदन दर्ता गरे।

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानव अधिकार आयोग तयार गरेको प्रतिवेदन सच्याउन निवेदन दिएका छन्।

ओलीलाई भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा आयोगले दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो। तत्कालीनका रुपमा ओलीले गम्भीर मानव अधिकार उल्लंघनको कसुर गरेको ठहर गर्दै आयोगले उनलाई पाश्चदर्शी कानुन बनाएर कारबाही गर्न सिफारिस गरेको थियो।

त्यसप्रति विमति राख्दै ओलीका तर्फबाट एमाले केन्द्रीय सदस्य महेश बर्तौलाले बिहीबार आयोगका अध्यक्ष टोपबहादुर मगर समक्ष निवेदन दिएका हुन्।

बर्तौलाले भने, ‘भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको निर्णय नं। १७७ अन्तर्गतको, संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण ,असंवैधानिक सिफारिस सच्याउन माग गर्दै पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिको तर्फबाट मैले आयोगसमक्ष औपचारिक निवेदन दर्ता गरेको छु।’

भदौ २३ गते ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनका उत्रेका १९ जना युवाहरुको हत्या गरेको थियो। भोलिपल्ट आन्दोलनकारी प्रधानमन्त्री निवास बालुवाटार छिरेपछि ओली सेनाको हेलिकोप्टर चढेर भागेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…