अ
+
अ
अ
-
काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ ।
सशत्र प्रहरीको दङ्गा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट खटिएका टोलीले काठमाडौं महानगरपालिका १४ बल्खु कुमारी क्लब नजिकै क्षेत्रस्थित बागमती नदीबाट उक्त शव निकालेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी भन्ने सूचनाको आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले बागमती नदीमा खोजी कार्य सुरु गरेको थियो। अहिले शव भेटिए पनि पहिचान नखुलेको उनले जानकारी दिए।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
