विराट शिक्षण अस्पतालमा न्यूक्लियर मेडिसिन सम्मेलन हुँदै

विराट शिक्षण अस्पतालमा न्यूक्लियर मेडिसिन सम्मेलन हुँदै
+
-
देशसञ्चार AI सारांश
  • मोरङको विराट शिक्षण अस्पतालमा हुने न्यूक्लियर मेडिसिन सम्मेलनले स्थानीय चिकित्सक र बिरामीलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा राखिएको छ।

  • नेपालमै पहिलोपटक आयोजना भइरहेको यस प्रकारको सम्मेलनमा भारत, बंगलादेश र नेपालका चिकित्सकबीच बृहत् छलफल हुनेछ।

  • न्यूक्लियर मेडिसिनले क्यान्सरको प्रारम्भिक पहिचान र थाइरोइड समस्याको न्यूनीकरण जस्ता आधुनिक चिकित्सा सेवा प्रदान गर्दछ।

मोरङ- चिकित्सकहरूको स्तरोन्नति हुने अभिप्रायका साथ मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा न्यूक्लियर मेडिसिन सम्मेलन हुने भएको छ।

अस्पतालका न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागका विभागीय प्रमुख डा. अमरदीप चौधरीका अनुसार शनिबारबाट सुरु हुने सम्मेलनमा चिकित्सकहरूबीच बृहत् छलफल हुनेछ र त्यसको प्रत्यक्ष लाभ स्थानीय चिकित्सक तथा बिरामीले हासिल गर्नेछन्। उनले यस न्यूक्लियर मेडिसिन उपचारबाट क्यान्सरजस्तो गम्भीर प्रकृतिका बिरामीको उपचारमा नयाँ युगको सुरुवात हुने बताए।

नेपालमै पहिलोपटक यसप्रकारको सम्मेलन हुन लागेको बताउँदै डा. चौधरीले सम्मेलनमा नेपालसँगै भारत र बंगलादेशका चिकित्सकहरूको सहभागिता रहने जानकारी दिए। यद्यपि, पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि आवश्यक हाइपेक सेवा पनि प्रदेशमै पहिलोपटक विराटमै सञ्चालनमा आइसकेको उनको भनाइ छ।

डा. चौधरीका अनुसार शनिबार हुने सम्मेलन “इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो” भन्ने नाराका साथ “इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन बीएमसीटीएच” नामबाट आयोजना हुनेछ। जहाँ मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स र रेडियोआइसोटोप थेरापीलगायतका विषयमा चिकित्सकहरू एकै मञ्चमा छलफलमा उत्रनेछन्।

सम्मेलनमा बंगलादेशबाट प्रा. डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हकसहित भारतको आरजिसीआईआरसी, नयाँ दिल्लीबाट प्रा. डा. मनोज गुप्ता सहभागी हुनेछन्। नेपालतर्फबाट डा. अमरदीप चौधरी (बीएमसीटीएच), डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले आफ्ना अनुभव र ज्ञान साटासाट गर्नेछन्।

डा. चौधरीका अनुसार न्यूक्लियर मेडिसिन रेडियोएक्टिभ पदार्थको प्रयोग गरी शरीरका आन्तरिक अंगहरूको कार्यप्रणाली जाँच्ने र उपचार गर्ने आधुनिक चिकित्सा विज्ञानको एक शाखा हो। जसले क्यान्सरको प्रारम्भिक पहिचान, हृदयको रक्तप्रवाह जाँच, हड्डीका रोग पत्ता लगाउने तथा थाइरोइडसम्बन्धी समस्याको न्यूनीकरण गर्ने उनको भनाइ छ।

सम्मेलनमा काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत नेपालका विभिन्न स्थानहरूबाट २५० जनाभन्दा बढीको सहभागिता हुने जनाइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…