अ
+
अ
अ
-
काठमाडौँ- गणेश नेपाली आत्मदह प्रयास प्रकरणमा तीन जना नगर प्रहरी पक्राउ परेका छन्। २ जना महिला नगर प्रहरी र १ जना पुरूष नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
साेधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिएकाे प्रहरी परिसर काठमाडौँले जानकारी दिएकाे छ।
मुगुको सोरु गाउँपालिका- १ निवासी २५ वर्षीय नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।
हाल उनको वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमार्फत उपचार भइरहेको छ।
‘राइड सेयरिङ’ मार्फत जीविकोपार्जन गर्दै आएका नेपालीको बाइकमा नगर प्रहरीले ‘ह्वील लक’ लगाइदिएका कारण आत्मदह प्रयास गर्न बाध्य भएको उनको परिवार र आफन्तको दाबी छ।
यो पनि:
भर्खरै
लोकप्रिय
