सरकारले भन्यो– नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध छ

सरकारले भन्यो– नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध छ
+
-

काठमाडौँ – सरकारले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको जनाएको छ।

शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको हो। केही दिनअघि नेपालमा दलाई लामाको जन्मदिन मनाउन सरकारले अनुमति दिएसँगै संसद्‌मा नेपाल एक चीन नीतिविपरीत गएको हो? भन्दै प्रश्न उठेको थियो।

सोही प्रश्नको जवाफमा सरकारले नेपाल आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए।

उनले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ। नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हितविपरीत प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग छ। हामी हाम्रो भूमि, नेपाली भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरीत प्रयोग हुन नदिने र नहुने विषयमा प्रतिबद्ध छौँ। सोही प्रतिबद्धताबमोजिम सरकारको नीति र सरकारको अडान यथावत छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…