गणेश नेपाली आत्मदाह प्रकरणः विद्यार्थीहरूले जलाए बालेनको पुतला

गणेश नेपाली आत्मदाह प्रकरणः विद्यार्थीहरूले जलाए बालेनको पुतला
+
-

काठमाडौँ – विद्यार्थीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको पुतला जलाएका छन्। उनीहरूले शुक्रबार सरकारविरुद्ध प्रदर्शन गर्दै माइतीघर मण्डलामा प्रधानमन्त्री शाहको पुतला जलाएका हुन्।

आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि विद्यार्थी संगठनहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

संयुक्त विद्यार्थी संगठनको आयोजनामा शुक्रबार अपराह्न काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागीहरूले ‘लोकप्रियताले शासन चल्दैन, कालो चश्मा कालो कोट, देख्दैन जनताको चोट, गणेश नेपालीको हत्यारा बालेन सरकार हो’लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए।

यस्तै, उनीहरूले सुकुम्वासीको अन्यायपूर्ण विस्थापन गरिएको भन्दै सरकारको विरोध गरेका छन्। सरकारले सुकुम्वासीको अन्यायपूर्ण विस्थापन, दमन र मानवअधिकार हनन् गरेको उनीहरूको भनाइ छ।

प्रदर्शनका क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेलसमेत भएको थियो।

तस्बिरहरूः बर्षा शाह/देश सञ्चार।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…