पार्किङ समस्या समाधानका लागि राष्ट्रिय स्तरको निकाय गठन गर्न गगन थापाको माग

पार्किङ समस्या समाधानका लागि राष्ट्रिय स्तरको निकाय गठन गर्न गगन थापाको माग
फाइल फोटो।
+
-

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन र पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय गठन गर्नुपर्ने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले काठमाडौँ उपत्यकामा फुटपाथ तथा सडक पूर्वाधार निर्माणमा पैदलयात्री, ज्येष्ठ नागरिक, बालबालिका तथा फरक क्षमता भएका नागरिकको आवश्यकतालाई पर्याप्त प्राथमिकता नदिइएको बताए।

उनले सडक निर्माणको क्रममा फुटपाथलाई प्राथमिकता नदिइएको तथा फुटपाथ भए पनि सबै प्रकारका क्षमता भएका नागरिकलाई सहज रुपमा हिँड्न मिल्ने गरी नबनाइएको बताए।

सभापति थापाले सडक दुर्घटनालाई घटना भएपछि मात्र विश्लेषण गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्नेमा जोड दिँदै दुर्घटना किन हुन्छ? भन्ने दृष्टिकोणबाट अध्ययन हुनुपर्ने बताए।

उनले सडक व्यवस्थापन, ट्राफिक सुरक्षा, फुटपाथ, पार्किङ तथा दुर्घटना न्यूनीकरणका विषयमा सम्बन्धित सबै निकायलाई समन्वय गरेर काम गर्ने राष्ट्रियस्तरको अधिकार सम्पन्न संयन्त्र बनाउनेतर्फ सरोकारवाला सबैको ध्यान जान आवश्यक रहेको बताए।

उनले भने, ‘सडक समस्याको समाधानका लागि हामीलाई एउटा नेशनल लेभलको अथोरिटी चाहिन्छ। त्यो अथोरिटीले सबै एक ठाउँमा आएर सोच्नुपर्छ। त्यसले दुर्घटना भयो भन्ने मात्र होइन, कसरी भयो र यसको समाधान के हुनसक्छ भन्ने कोणबाट हेर्नुपर्छ। काठमाडौँमा जो राइडर हुनुहुन्छ, अरु विभिन्न कम्पनीहरू छ। त्यो राइडरहरूको अहिले कति जीविकोपार्जन त्यहाँबाट गरिराख्नु भएको छ। तर कम ह्यारेस हुन्छ उहाँहरूलाई? काठमाडौँमा कहाँ–कहाँ गएर पार्किङ गर्ने? हामीले भेहिकल जति पनि ल्याउन दिएका छौँ, हामीले पार्किङको कहीँ ठाउँ बनाएका छौँ? त्यसकारण हामीले यो सबै कुराको समाधानका लागि नेशनल लेभलको अथोरिटी चाहिन्छ। अब यसमा काम गर्नुपर्नेछ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…