अ
+
अ
अ
-
नेपालगन्ज – बाँकेकाे डुडुवा खाेलामा पाैडी खेल्दा बेपत्ता भएका दुईमध्ये एक जनाकाे शव फेला परेकाे छ।
डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित खाेलामा पाैडी खेल्दा बेपत्ता भएका ९ वर्षीय सुलभ रावतकाे आज बिहान शव फेला परेकाे हाे।
उनकाे शव घटनास्थलदेखि करिव ५ मिटर टाढा फेला परेकाे थियाे । सुलभसँगै गएकी ११ वर्षीया खुसी सिजापति वेपत्ता छन् । उनकाे खाेजी भइरहेकाे छ।
हिजाे ४ बजेतिर उनीहरु वेपत्ता भएका थिए । खाेजतलास गर्दा खाेला किनारमा कपडा फेला परेकाे थियाे ।
प्रहरी र स्थानीयवासीले खुसीकाे खाेजी गरिरहेका छन् ।
भर्खरै
लोकप्रिय
