शंकास्पद गाडीबारे बालेन निकट नेता भन्छन्– सांकेतिक जानकारी हुन सक्छ

शंकास्पद गाडीबारे बालेन निकट नेता भन्छन्– सांकेतिक जानकारी हुन सक्छ
+
-

काठमाडौँ– मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी राखिएको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट एक नेताले सांकेतिक जानकारी हुन सक्ने बताएका छन्।

गाडी राखिएको समाचार फेसबुकमा शेयर गर्दै मधुसुदन ढकालले पार्किङ व्यवस्थित नहुँदा कति गाह्रो हुने रहेछ भन्ने सांकेतिक जानकारी दिएको हुन सक्ने लेखेका छन्। ‘पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गार्हो पर्न सक्छ भनेर साङ्केतिक जानकारी दिएको पनि हुन सक्छ र अर्को कुरा जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरुलाइ कति अप्ठेरो पर्छ थाहा दिएको पनि हुन सक्छ’, उनले लेखेका छन्।

सोमबार बिहान कान्तिपुर, अनलाइन खबर र हिमालयन टेलिभिजनको कार्यालयमा शंकास्पद गाडी राखिएको थियो। ती गाडीलाई प्रहरीले क्रेन लगाएर हटाएको छ।

उक्त गाडीहरू कसका हुन् भन्ने खुलेको छैन। सरोकारवालाहरूले मिडियाले आत्मदाहको प्रयासपछि मृत्युवरण गरेका गणेश नेपालीको पक्षमा समाचार लेखेकै कारण मिडियामाथि आतंक सृजना गर्न यस्तो कार्य गरिएको हुनसक्ने बताएका छन्।

उनीहरूको भनाइलाई बल पुग्ने गरी बालेन निकट नेताले सार्वजनिक अभिव्यक्ति दिएपछि यस घटना थप शंकास्पद बनेको छ।

ढकालको स्टाटस–

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…